त्रिवि र खानेपानी संस्थानलाई लेखापरिक्षण गर्न निर्देशन


काठमाडौं, साउन २७ । महालेखापरिक्षक परिक्षकको कार्यालयले त्रिभुवन विश्वविद्यालय शुक्रबार त्रिभुवन विद्यालय र नेपाल खानेपानी संस्थानका प्रमुखलाई लेखापरिक्षण तत्काल गर्न निर्देशन दिएको छ ।

महालेखापरिक्षक टंकमणी शर्मा दंगालले त्रिविका उपकुलपति डा. तिर्थ खनियाँ र संस्थानका अध्यक्ष परमेश्वर पोखरेल र कमु महाप्रबन्धक भुपेन्द्र प्रसादसँग शुक्रबार भएका छट्टा छुट्टै भएका छलफलमा लेखापरिक्षण गर्न निर्देशन दिएका हुन् ।
उक्त छलफलमा महालेखापरिक्षक दंगालले देशकै ठूलो विश्वविद्यालयमा लामो समयदेखि लेखापरिक्षण नहुनु कानूनी रुपमा नै गलत भएको छ । उनले विश्व विद्यालयको आन्तरिक लेखापरिक्षण समयमा नै नगरिएको विषयमा तीनदिन भित्र जानकारी दिन समेत निर्देशन दिएका छन् ।

सोही कार्यक्रममा खानेपानी संस्थानमा आर्थिक वर्ष २०६९/७० देखि लेखापरिक्षण नगरिएको विषय गम्भिर भएको भन्दै यतासिघ्र लेखापरिक्षण गर्न निर्देशन दिएको महालेखापरिक्षकको कार्यालयले जारि गरेको विज्ञप्तीमा उल्लेख छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया