बास्ताकोटीको ग्राण्डीमा उपचार हुदै, यसरी भएका थिए घाईते (भिडियो सहित)


काठमाडौं, साउन २७ । विहिबार पोखरामा गुडिरहेको मोटरसाईकलमा बिजुलीको तार खासेर करेन्टलागि घाइते भएका विष्णु बिस्ताकोटीको थप उपचारको लागी काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याइएको छ । कास्की प्रहरीले दिएको जानकारी अनु्सार पोखराको मणिपाल अस्पतालमा उपचार गराईरहेका बास्ताकोटीको स्वास्थ्यमा सुधार हुन नसकेपछि काठमाडौं ल्याइएको हो ।

पोखरा–लेखनाथ महानगरपालिका ११ रानीपौवामा गुड्दै गरेको मोटरसाइकलमा पोलमा रहको बिजुलीको तार खस्दा उनी गम्भीर घाइते भएका थिए ।

उनले चलाएको ग ६ प ८१२८ नम्बरको मोटरसाइलमा गुड्दै गर्दा बिजुलीको तार खसेर उनको शरिरमा आगो लागेको थियो । बास्ताकोटी पोखरा २० भलाम निवासी हुन् ।

भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया