चुडामणी शर्मा रिहा


काठमाडौं, साउन २७ । चुडामणी शर्मालाई सर्वोच्च अदालतले साधारण तारिकमा खोडेको छ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई सर्वोच्च अदालतले आज साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । उनलाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले आज निर्णय गरेको छ ।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलासले उक्त आदेश गरेको हो । शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ ।

शर्मालाई गैरकानूनी रुपमा कर मिनाहा  गरेको आरोपमा गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

आयोगले  शर्मासंगै कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै गत साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया