NMB Bank Saral Bachat Khata

यस्तो गर्नुहोस् घरमै बसि बसि ईन्टरनेटबाट पैसा कमाउन

काठमाडौं, साउन २६ । आज भोलि धेरै जसो मनिसहरु आफ्नो खाली समय ईन्टरनेटमा बिताउने गर्छन । मानिसहरु फेसबुक, गुगल, युट्युव, टुइटर तथा इन्सट्राग्रामलाई मनोरञ्जनको लागी प्रयोग गर्ने गरेका छन् । तर धेरैलाई थाहा नहुन सक्छ की मनोरञ्जन लिँदा लिँदै पनि ईन्टरनेट बाट घरमै बसी–बसी पैसा समेत कमाउन सकिन्छ ।

हुन त ईन्टरनेटबाट अनलाईन पैसा कमाउने तरिका धेरै छन् तर सबैलाई उपयोगी हुन सक्ने पाँच तरीका यस्ता छन् ।

१.एड क्लिक र सर्वेक्षण (Ads click & survey)

युट्युव, गुगल तथा जहाँ कहीँ एड आउँछ त्यसमा हामी जानी नजानी क्लिक गरीरहेका हुन्छौ यदि हामी कुनै विषेश वेबसाईमा गएर त्यसमा अकाउन्ट बनाएर एड क्लिक गर्ने हो भने त्यसबाट पैसा कमाउन सकिन्छ । यस्ता धेरै वेबसाईड छन् जसमा अकाउन्ट बनाएर त्याहाँ आएको एड क्लिक गरी सर्वेक्षण गर्न सकिन्छ । यसबाट हेरक क्लिकमा आफ्नो अकाउन्टमा पैसा आउँछ र सिमीत रकम जम्मा गएपछि बैंकमा डिपोजीट गर्ने सकिन्छ ।

२. अफ्नै वेबसाइड बनाएर

आफ्नै वेबसाइट बनाएर पनि पैसा कमाउन सकिन्छ । आफनो वेबसाइट बनाएर त्यसमा भिजिटरहरुको संख्या बढाउनुपर्छ । भिजिटरहरु आफ्नो वेबसाईटमा आईरहने भिजीट गरीहरने हुनुपर्छ । जसमा एड पोष्ट गर्न सकिन्छ अथावा गुगलबाट एड हाल्न सकिन्छ । यदि वेबसाईडको भिजीटर राम्रो छ भने विभिन्न कम्पनिका एडहरु पनि हाल्न सकिन्छ । गुगल बाट एड हाल्दा भिजिटरहरुले आफ्नो वेबसाईटमा भएको एडमा क्लिक गरेको आधारमा पैसा आफ्नो अकाउन्टमा आउँछ ।

३. युट्युव च्यानल

युट्युव च्यानबाट पनि पैसा कमाउन सकिन्छ । य्टुयुबमा कुनै पनि भिडीयो अप्लोड गरेर त्यसमा आएको भिउजको आधारमा पैसा कमाउन सकिन्छ । अथवा युट्युवसँग सहकार्य गरेर भिडियोमा गुगल एड पनि हाल्न सकिन्छ जसबाट पनि अरुले गरेको एड क्लिकको आधारमा केहि पैसा आफनो अकाउन्टमा संकलन हुन्छ ।

४.संवद्ध विपणन (Affiliate Marketing)

संवद्ध विपणनमा पैसा कमाउनको लागी आफ्ने वेबसाईट वा युट्यसब च्यानल हुनु पर्दछ । यदि बजारमा कुनै कम्पनिको नयाँ समान आएको छ वा कम्पनि नै नयाँ आएको छ भने आफ्नो वेवसाईटमा त्यो वस्तु वा कम्पनिको लिङ्क हालेर पनि पैसा कमाउन सकिन्छ । जसको लागी आफनो वेबसाईट वा युट्युव च्यानल लोकप्रिया हुनुपर्छ । आफ्ना भिजिटरहरुले त्यो लिङ्कमा क्लिक गरेको आधारमा आफनो अकाउन्टमा पैसा आउने गर्दछ ।

५.अनलाईन फोटो बिक्रि

फोटो संकलन गर्ने वेबसाईटहरु ईन्टरनेटमा धेरै नै रहेका छन् । जसको काम फोटो संकलन गर्ने हुन्छ । जहाँ हामी हजारौ लाखौ फोटो देख्न सक्छौ । यदि कोहीमा राम्रो फोटो खिच्ने वा ग्रफिक गर्ने कला छ भने त्यी वेवसाईटहरुलाई फोटो बेचेर पनि पैसा कमाउन सकिन्छ ।

यो सबै कुरा प्रयोगकर्ताको मिहेनतमा भर पर्दछ । यसरि पैसा कमाउनको लगि जति सकृय भयो त्यती नै पैस पनि कमाउन सकिन्छ । तर वेबसाईट एड क्लिकमा भने एक दिनमा किती पटक क्लिक गर्न सकिन्छ भन्ने निश्चित हुन्छ जुन सिमा विस्तारै विस्तार पनि हुँदै जान्छ ।

United Cement

फेसबुकबाट तपाईको प्रतिक्रिया