NMB Bank Saral Bachat Khata

नयाँ स्टायलब्याक टाटा टाईगोर अब नेपालमा

काठमाडौं, साउन २५ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्ले स्टायलब्याक टाटा टाईगोर (StyleBack car, TATA TIGOR)  नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ पुस्ताको मागलाई ध्यानमा राखेर उक्त मोटर भित्र्याएको जनाएको छ ।

बुधबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको टाटा टाईगोरको मूल्य नेपाली बजारमा २३ लाख ४५ हजार रुपैयाँ तोकेको छ । उक्त कार्यक्रममा बोल्दै टाटा मोटर्सका इन्टरनेशनल बिजनेश हेड, जोनी ओम्मेनले भने, ‘भावी पुस्ताको मागहरुलाई ध्यामा राखेर नयाँ एबं अन्धुनिक विशेषताहरुसहित नयाँ वर्गको आकर्षक गाडी निमाणमा हामीले विशेष जोड दएका थियौं । सोही क्रममा हामीले कम्प्याक्ट सेडानमा उपलब्ध उत्पालनहरुभन्दा केही फरक चिज निमार्ण गयौं ।’

aarthiknews

सोही समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सि.इ.ओ राजन बाबु श्रेष्ठले टाटा टाईगोर उद्घाटन गर्न लागेको टाटा मोटर्स्को पहिलो अन्तर्राष्ट्रिय बजार प्रतिनिधि हुन पाएकोमा आफ्नो कम्पनीलाई गर्व लागेको कुरा बताए । उनले टाटा टाईगोरको इन्डियामा भएको उत्साहजनक विक्री वितरणको आंकडाले यो टाटा मोटर्स्को महत्वपूर्ण उत्पादन भएको कुरा पहिले नै सावित भइसकेको परिपेक्ष्यमा नेपालमा पनि यस गाडीले सफलता हाँसिल गर्ने कुरामा आफूहरु आशावादी रहेको कुरा जानकारी दिए ।

कारमा उच्च लेगरुप र २४ वटा यूटिलिटी स्पेसहरुलाई कायम गरिएको प्रा.ली ले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया