‘ट्वाइलेट’ले हटाउला त ‘बाहुबली’को ग्रहण ?


काठमाडौं, साउन २५ । चलचित्र बहुबली-२ रिलीज भए पश्चात बलीउडमा ग्रहण नै लागेको छ । भन्नुको अर्थ बाहुबली-२ पश्चात कुनै पनि हिन्दी चलचित्र सुपरहिट भएका छैनन् । बाहुबली-२ ले अहीलेसम्म १७०० करोड भरतीय रुपैयाँ बक्स अफिसमा संकलन गरिसकेको छ ।

बाहुबलिले दर्शकलाई कति रुख्यायो भने त्यसपछि मुम्बईका खान भाईहरु शाहरुक र सलमानले समेत पानि पिउन भ्याएनन । बाहुबलीले बलीउडमा पाएको सफलताले त्यो पछि रिलिज भएका प्रतिक्षित चलचित्रहरु  पश्चात सलमान खानको ‘ट्युवलाइट’ र शाहरुक खानको ‘जब हैरी मेट सेजल’ बाट लगानी नै उठाउन समेत हम्मे–हम्मे परेको देखियो ।

यस्तैमा अगस्त ११ अर्थात् साउन २७ गते शुक्रबार अक्षय कुमारको चलचित्र ‘ट्वाईलेट एक प्रेम कथा’ ( TOILET EK PREM KATHA) रिलीज हुदैछ । अक्षय कुमार सानो बजेटको चलचित्रबाट पनि बक्स अफिसमा धेरै बजेट जम्मा गर्ने नायकका रुपमा चिनिन्छन् । उनको ‘ट्वाइलेट’ जम्मा १८ करोड भारतीय रुपैयाँको लगानीमा बनेको हो ।

यो अवस्थामा अक्षय कुमारको चलचित्र ‘‘ट्वाईलेट एक प्रेम कथा’ ले बहुबलीको ग्रहण हटाउला त ? या, त्यो पनि सलमान र शाहरुकलाई नै पछ्याउँन तिर लाग्छ ? यो आम जिज्ञासाको विषय बनेको छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया