ललितपुरमा प्रहरीसँगको इन्काउन्टरमा तस्करको मृत्यु

काठमाडौं, साउन २३ । प्रहरीको ‘इन्काउन्टर’मा कुसुन्ती १३ स्थित अरुणिमा बस्तीमा लागूऔषधको कारोबार गर्ने एक जनाको मृत्यु भएको छ ।

लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले पक्राऊ गर्न खोज्दा खत्रि स्वयमले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेको बताईएको छ । कतीपयले खत्रीको मृत्यु प्रहरीले चलाएको गोलीबाट भएको समेत बताएका छन् ।

सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली खत्रीको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुखले बताएका छन् । मृतकको साथबाट दुई वटा पेस्तोल भेटिएको छ ।

गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पु¥याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् ।

एसएसपी अमात्यसहितको प्रहरी टोली अहिले पनि कुसुन्ती १३ स्थित अरुणिमा बस्तीमा छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया