खाना पकाउने ग्यासको मूल्य घट्यो


काठमाडौं, साउन १७ । सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले घटाइएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमले मंगलबार मध्यरातिदेखि नै नयाँ मूल्य लागू हुने जनाएको छ ।

मूल्य घटेपछि अब उपभोक्ताले खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १ हजार ३ सय २५ रूपैयाँ तिर्नुपर्ने हुन्छ ।ग्यासको मूल्य घटेपनि डिजेल,पेट्रोल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया