NMB Bank Saral Bachat Khata

फेसबुकको आम्दानी वृद्धि हुनुका पाँच कारण

काठमाडौं, साउन १२ । सामाजिम सञ्जाल फेसबुकले गत एप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा उसको आम्दानी ९ दशमलव ३ अर्व डलर पुगेको थियो ।

सन् २०१७ को दोस्रो त्रैमासिककमा सामाजिक सञ्जाल फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढेको छ ।
विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने गरेकोले विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका हुन् ।

फेसबुकमा अनुसार जुन महिनामा उसका प्रयोगकर्ताको संख्या दुई दशमलब एक अर्ब थियो ।

यो वर्षको आधा अवधि र पछिल्लो त्रैमासिक हाम्रो लागि राम्रो भएको छ । त्यस अवधिमा उसको नाफा ७१ प्रतिशतले बढेको बताइएको छ ।

‘राम्रो’ फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले भने, “यो वर्षको आधा अवधि र पछिल्लो त्रैमासिक हाम्रो लागि राम्रो भएको छ ।’’

उनले सन् २००४ मा फेसबुक खोलेका थिए । फेसबुकले प्रयोगकर्तासंगै बढीभन्दा बढी विज्ञापन आकर्षित गरिरहेको छ ।
उसले आफ्ना अन्य सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्स्यापतर्फ पनि विज्ञापन आकर्षित गर्ने सम्भावना खोजिरहेको छ ।
फेसबुकका अनुसार इन्स्टाग्रामले पनि वृद्धिमा योगदान दिइरहेको छ । तैपनि फेसबुकको न्यूजफिड नै वृद्धिको लागि सबैभन्दा प्रभावकारी माध्यम साबित भएको छ ।

जकरबर्गको भनाइमा फेसबुकको मेसेन्जर सेवामा अहिले नै विज्ञापन आकर्षित गर्न सकिदैन किनभने त्यो अझैपनि प्रारम्भिक चरणमै छ । तर, उनले दिर्घकालमा त्यो पनि आम्दानीको श्रोत हुने संकेत दिए ।

चौबिस घन्टासम्म रहने सन्देश राख्ने सुविधा भएको स्न्यापच्याटसँग फेसबुकले तीव्र प्रतिश्पर्धा गरिरहेको छ ।
फेसबुकले आज गरेको एक भेलामा सन् २०१७को अन्त्यसम्ममा यस अघि प्रक्षपण गरेको ४० देखि ५० प्रतिशतको खर्च घटेर ४० देखि ४५ प्रतिशतमा रहने जानकारी गराइएको थियो । यो सूचना सार्वजनिक हुन्साथ फेसबुकको शेयर मुल्यमा ४ प्रतिशतको वृद्धि भएको छ । फेसबुक कम्पनीमा २० हजार ६ सय ५८ जना कर्मचारी कार्यरत रहेकोमा ४३ प्रतशित कर्मचारीहरु भने कम उमेरका रहेको फेसबुकले जनाएको छ ।

फेसबुकको आम्दानी वृद्धिबारे केहि तथ्यहरु यस्ता छन् :

१. फेसबुकको प्रतिशेयर आम्दानी १ दशमलब १३ डलर हुने अनुमान गरिएकोमा त्यसमा वृद्धिभएर १ दशमलब ३२ डलर पुगेको छ ।

२.आम्दानीमा वृद्धि हुँदा ९ दशमलब २ विलियन अपेक्ष गरिएकोमा ९ दशमलब ३२ बिलियन पुगेको छ ।

३. मोबाइल मार्फत हुने विज्ञापनको आम्दानी ७ दशमलब ६८ बिलियन प्रक्षेपण गरिएकोमा ८ विलियन पुगेको छ ।

४. फेसबुकका प्रयोगकर्ताहरुमा पनि वृद्धि भएको देखिएको छ । मासिक रुपमा १ दशमलब ९८ बिलियनले फेसबुल प्रंयोग गर्ने अनुमान गरिएकोमा २ दशमलब ०१ बिलियनले प्रयोग गरेका छन् ।

५.पूँजीगत खर्चभने घटाएको छ । १ दशमलब ७३ बिलियन खर्च हुने अनुमान गरिएकोमा १ दशमलब ४४ बिलियन मात्र खर्च भएको छ । (सिएनबिसी बाट)

United Cement

फेसबुकबाट तपाईको प्रतिक्रिया