यस्ता छन् स्थानीय तह निर्वाचनबारे जान्नैपर्ने १५ कुराहरु


काठमाडौं ।  स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी छ । वैशाख ३१ मा हुन लागेको स्थानीय चुनावको बारेमा धेरैलाई के कसरी हुन्छ चुनाव भन्ने जानकारी नहुन सक्छ ।

पहिलो चरणको चुनाव ३४ जिल्लामा मात्रै हुँदैछ । जम्मा २८३ स्थानीय तहमा हुन लागेको चुनावमा ४९ हजार ७४५ जनाको उम्मेदवारी परेको छ । जसमध्येबाट ५ हजार १९६ जना निर्वाचित हुनेछन् । पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुमा जम्म ४८ लाख ५६ हजार ९२५ जना मतदाता रहेका छन् ।

१। मतदान हुने दिन कसरी थाहा पाउने ?

 निर्वाचन आयोगले खटाएका मतदाता शिक्षा स्वयम्सेवक तथा निर्वाचन शिक्षा कार्यकर्ता निर्देशिकाबाट जानकारी प्राप्त गरेर,
 निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मतदान केन्द्रमा खटिएका कर्मचारीहरूसँग सम्पर्क गरेर,
 राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवारहरू समाजसेवी, बुद्धिजीवी, शिक्षकआदिसँग जानकारी लिएर,
 रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाजस्ता सञ्चार माध्यमबाट प्रकाशित तथा प्रसारित सूचनाहरू पढेर र सुनेर,
 निर्वाचन आयोगको वेवसाइट हेरेर,
 स्थानीय निकायका पदाधिकारी तथा अन्य सरकारी निकायका कर्मचारीहरूसँग सम्पर्क गरेर ।

२। मतदाताले मतदान केन्द्रमा पुगेपछि के के गर्नुपर्छ ?

 मतदान केन्द्रमा पुगेर मतदाताका लाइनमा उभिने र नाम रूजू गराउने, औंलामा मसी लगाउन दिने र मतपत्र लिने,
 मतपत्रको पुछारमा मतदान अधिकृतले सही गरेको छरछैन राम्ररी हेर्ने र सही गर्न छुट भएको भए सही गराएर मात्र मतदान गर्ने,
 यसरी प्राप्त मतपत्रमा मतसङ्केत ९छाप० लगाई सम्बन्धित मतपेटिकामा खसाली बाहिर जाने ।

३। मतपत्र कति किसिमका छन् ?

 मात्र एक किसिमको हुन्छ ।

४। मतपत्रमा कसरी र कहाँ छाप लगाउने ?

मतदानका लागि मतदाताले स्वस्तिक छाप नै लगाई मत सङ्केत गर्नुपर्छ । मतदाताले मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिन्ह रहेको कोठामा कोठामा मतसङ्केत गरी मतदान गर्नुपर्छ । मतदाताले मतदान केन्द्रमा रहेको मतसङ्केत गर्ने मतदान कक्षमा गई गोप्य रूपमा छाप लगाउनु पर्छ ।

५। छाप लगाएको मतपत्र कहाँ खसाल्ने ?

मतसङ्केत गरिसकेपछि मतपत्रलाई पट्याई मतपेटिकामा खसाल्नुपर्छ ।

६। कस्तो अवस्थामा मतपत्र बदर हुन्छ ?

निम्नलिखित अवस्थामा मतपत्र बदर हुन्छ,
 सम्बन्धित मतदान अधिकृतको सही नभएको,
 तोकिएको बमोजिम मतसङ्केत नगरी वा अन्य कुनै किसिमले मतसङ्केत गरिएको वा अन्य कुनै चिन्ह लेखेको जस्तैः ल्याप्चे वा रेजा चिन्ह लगाएको,
 मतसङ्केतको चिन्ह नबुझिने गरी प्रयोग गरेको,
 उम्मेदवार वा राजनीतिक दलको चिन्ह रहेको कोठामा मतसङ्केत नगरी अन्यत्र मतसङ्केत गरेको,
 कुन उम्मेदवार वा राजनीतिक दलका लागि मत दिएको हो, सो नछुट्टिने गरी मतसङ्केत गरेको,
 एकभन्दा बढी उम्मेदवारको वा दलको चिन्ह रहेको कोठामा मतसङ्केत गरेको,
 सम्बन्धित मतदान केन्द्रका लागि निर्धारित गरिएको मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरेको,
 आयोगले जारी गरेको मतपत्रबाहेक अन्य मतपत्र प्रयोग गरिएको,
 सम्बन्धित निर्वाचन क्षेत्रका लागि प्रयोग गर्नुपर्ने मतपत्र अन्य निर्वाचन क्षेत्रका लागि प्रयोग गरेको,
 मत नदिने निश्चय गरी मतदान अधिकृतलाई फिर्ता दिएको मतपत्र ।

७। मतगणना कहाँ र कसरी गरिन्छ ?

 सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू प्राप्त भएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय तोक्छन् ।

८। मतगणना स्थलमा कसले प्रवेश पाउँछन् ?

निर्वाचन अधिकृतले अनुमति दिएका देहायका व्यक्तिले मतगणना स्थलमा प्रवेश पाउँछन्
 राजनीतिक दल, उम्मेदवार वा निजका निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि,
 कर्मचारी, मतगणनामा खटिएका सुरक्षाकर्मी, र
 पर्यवेक्षकहरू ।

९। मतगणना कार्यमा राजनीतिक दल वा उम्मेदवार वा निजका प्रतिनिधिले पालना गर्नुपर्ने कर्तव्यहरू के के हुन् ?

 मतगणना गर्न तोकिएको समयमा उपस्थित हुने,
 मतगणना स्थलमा शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग पुर्याउने,
 निर्वाचन अधिकृतको आदेश र निर्णयहरू पालना गर्ने,
 मतगणना सुरू भएको र समाप्त भएको मुचुल्कामा हस्ताक्षर गर्ने,
 मतगणनामा आफू पराजित भए पनि सहज रूपमा परिणाम स्वीकार गर्ने ।
 द्रष्टव्य राजनीतिक दल र उम्मेदवार वा निजको निर्वाचनरमतगणना प्रतिनिधि उपस्थित नभए पनि मतगणना कार्य भने रोकिँदैन ।

१०। निर्वाचन परिणामको घोषणा कसरी गरिन्छ ?

 निर्वाचन अधिकृतले तोकेको ठाउँमा हुनेछ ।

११। मतदाताले मतदान केन्द्रमा पुगेपछि के-के गर्नुपर्छ ? 

 मतदान केन्द्रमा पुगेर मतदाताका लाइनमा उभिने र नाम रूजू गराउने, औंलामा मसी लगाउन दिने र मतपत्र लिने,
 मतपत्रको पुछारमा मतदान अधिकृतले सही गरेको छ/छैन राम्ररी हेर्ने र सही गर्न छुट भएको भए सही गराएर मात्र मतदान गर्ने,
 यसरी प्राप्त मतपत्रमा मतसङ्केत (छाप) लगाई सम्बन्धित मतपेटिकामा खसाली बाहिर जाने ।

१२। दृष्टिविहिन वा अशक्त व्यक्तिले कसरी मतदान गर्न सक्छन् ?

 दृष्टिविहिन वा शारीरिक अपाङ्गताका कारण आफैले मतदान गर्न नसक्ने मतदातालाई निजले चाहेका व्यक्ति मार्फत् मतसङ्केत गर्ने गोप्य कक्षमा लैजान अनुमति माग्न सक्छन् । मतदान अधिकृतलाई सो व्यहोरा उपयुक्त लागेमा त्यस्ता व्यक्तिलाई मतदाताको साथमा मतसङ्केत गर्ने स्थानमा जान अनुमति दिन सक्छन् । यस्ता मतदाताले मतदान अधिकृतलाई नै मतसङ्केत गरिदिन आग्रह गरेमा मतदान अधिकृतले निजसँग मतसङ्केत गर्ने गोप्य कक्षमा गई निजले भने अनुसार मतसङ्केत गरिदिन्छन् ।

१३। मतदानमा कस्ता मतदातालाई प्राथमिकता दिनुपर्छ ?

देहायका मतदातालाई अग्रता दिई मतदान गर्न दिइन्छ
 वृद्ध–वृद्धा
 गर्भवती र सुत्केरीमहिला
 अशक्त बिरामी
 शारिरीक रूपमा अपाङ्ग
 दृष्टिविहीन

१४।मतदान केन्द्रमा पुगेपछि अल्मलिएमा कसलाई सोध्ने ?

 मतदान केन्द्रमा पुगेपछि अलमल भएमा देहायका व्यक्तिहरूको सहयोग लिनुपर्छ
 मतदान कार्यमा खटिएका स्वयम्सेवकहरू,
 सुरक्षाकर्मीहरू,
 मतदान कार्यमा खटिएका कर्मचारीहरू ।

१५। के जुनसुकै मतदान केन्द्रमा मतदान गर्न पाइन्छ ?

 पाइँदैन । आफ्नो नाम जुन मतदान स्थलको मतदाता नामावलीमा छ, त्यही मतदान केन्द्रमा गएर मात्र मतदान गर्नुपर्छ।

स्रोत: निर्वाचन आयोग

फेसबुकबाट तपाईको प्रतिक्रिया