दुई पांग्रेमा ८० प्रतिशत कर, कुन मोटरसाइकलको वार्षिक कर कति बढ्यो ? हेरौं


काठमाडौं, जेठ १६ । दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याट लगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ । सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

दुई पांग्रे सवारीमा  केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/२०७४ मा बढाइएको थियो । २५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो ।

त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ । विद्युतीय दुई पांग्रे सवारी साधनलाई  पनि करको दायरामा ल्याइएको छ । १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ ।

त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ । तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएको छ ।

कुन मोटरसाइकलको सडक कर कति पुग्यो ?

१२५ सिसिसम्मको मोटरसाइकल-१० हजार
१२६ देखि २५० सम्म-१२ हजार
२५१ देखि ४०० सम्म-१५ हजार
४०१ देखि माथि सबै-२० हजार

कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो ?

१२५ सिसि सम्मकोमोटरसाइकल २५ सय
१२६-२५० सम्मको मोटरसाइकल ४ हजार
२५१ देखि ४०० सम्मको मोटरसाइकल ८ हजार
४०१ देखि माथिका सबै मोटरसाइकललाई १५ हजार

फेसबुकबाट तपाईको प्रतिक्रिया