बिट क्वाइनको कारोबार नियन्त्रण गरिने, के हो बिट क्वाइन ?


काठमाडौं, जेठ १५ । अर्थमन्त्री कृष्णबहादुर महराले आ.व. २०७४/७५ को बजेट प्रस्तुत गर्नेक्रममा हुण्डी र बिट क्वाइन मार्फत हुने बिदेशी मुद्राको अपचलनलाई कानुन बनाएर नियन्त्रण गरिने घोषणा गरेका छन् । सबैजसोलाई हुण्डीबाट हुने अबैध कारोबारबारे जानकारी भएपनि धेरैलाई बिट क्वाइनबारे भने जानकारी नहुन सक्छ ।

त्यसैले यहाँ प्रस्तुत छ, अर्थमन्त्रीको टाउको दुखाई बनेको बिट क्वाइनको परिचय जसले नेपाली अर्थतन्त्रलाई समेत नराम्ररी प्रभावित पार्न थालिसकेको छ ।   जेठ १५ गते १ बिट क्वाईनको बजार मूल्य नेपाली रुपयाँ २ लाख २७ हजार ५ सय ६२ रुपयाँ ५७ पैसा छ ।

को हो जसलाई न देख्न सकिन्छ न छुन नै । न त हामि आफ्नो खल्तीमा नै राख्न सक्छौ । यो एउटा ईलेक्ट्रोनिक माध्यमबाट फोन, कम्प्युटर, ल्यापटप वा कुनै एउटा मिडिया स्टोरमा मात्र राख्न सकिन्छ । अर्को शब्दमा भन्दा न त यो क्वाईन हो न त नोट नै त्यसैले यसलाई अनलाईन करेन्सि, भर्रचुअल (अभौतिक ) करेन्सि र क्रिप्टोग्राफि प्रयोगगरी निर्माण गरिने भएकोले क्रिप्टोकरेन्सी पनि भनिन्छ ।

क्रिप्टो करेन्सिलाई डिजिटल मुद्रा पनि भन्ने गरिन्छ । बैडक नोट र सिक्काको सट्टा यसलाई ईलेक्ट्रोनिक माध्यमबाट प्रयोग गर्ने गरिन्छ । आजकाल ईन्टरनेटको माध्यमबाट सामान खरिद बिक्रिको लागि पनि प्रयोग गर्ने गरिन्छ । डिजिटल मुद्रालाई अहिले दुनियाभर भुक्तानिको साधन पनि बनाई रहेका छन ।

बिट क्वाईन जस्ता धेरै डिजिटल क्वाईनहरु प्रचलनमा छन तर एउटा दुईटा देशबाट बिटक्वाइनले डिजिटल क्वाईनको प्रयोगका लागि सामान्य मान्यता पाएपनि प्राय देशहरुमा डिजिटल करेन्सिको कारोबार बैधानिक मानिदैन । अन्य माईनिङ हुदै गरेका क्वाईनहरुको प्रयोग पनि बढ्दो छ ।

१९९० देखि डिजिटल करेन्सिको सरुवात भएपनि २००९ मा बिट क्वाईनको शुरुवात भएपछि यसको प्रयोग बढेको थियो । क्रमश सन् २०११ मा लाईट क्वाईन र नेम क्वाईन, २०१२ मा पेर क्वाईन र स्वीफ्ट क्वाईन, २०१३ डग क्वाइन, मास्टर क्वाईन, ईमर क्वाईन प्राईम क्वाईन, र रिप्पल क्वाईन २०१४ मा फ्याक्टम क्वाईन, भर्ट क्वाइन, औरोरा क्वाईन, ब्लाक क्वाईन, ब्रस्ट क्वाईन, क्वाइने क्वाईन, डास क्वाईन, क्रिप्टो नोट क्वाईन, अस्ट्रो क्वाईन, माजा क्वाईन, मोनेरो क्वाईन, एन एक्स टि क्वाईन, रेड क्वाईन, पोट क्वाईन, टिट क्वाईन र सेनेरियो क्वाईन, २०१५ मा ईथेरियम क्वाईन, २०१६ मा जेड क्यास क्वाईन र सफेक्स क्वाईन २०१७ मा टोर क्वाईन र ईक्वी नोक्स गरि ३३ वटा क्वाईन प्रचलनमा छन् ।

मार्केट क्यापिटलाईजेसनको आकडाबाट हेर्ने हो भने पहिलोमा बिट क्वाईन, दोस्रोमा ईथेरियम र तेस्रोमा रिप्पल पर्दछन् । बिट क्वाईनको मार्केट क्यापिटलाईजेसन १९ बिलियन, ईथेरियमको ४ बिलियन र रिप्पलको १ बिलियन भन्दा माथि रहेको छ ।

यसरी माईनिङ भईरहेका यस्ता क्वाईन हरुको भबिष्य भए नभएको टिका टिप्पणि आ-आफ्नै ढङगले हुने गर्छ , एक अर्थबाट हेर्दा युगको परिबर्तन प्रक्रियामा डिजिटल प्रक्रिया बड्दै गएको हुनाले यसको केहि महत्व रहेको पनि बुझ्न सकिन्छ । अर्को अर्थबाट हेर्दा यसरी तिब्र रुपमा माईनिङ भईरहेका सयौँ  क्वाईनहरुको भबिष्य सर्बमान्य र नियमको दायरामा आउछन् भन्ने पनि छैन ।

नेपालको परिपेच्छेमा हेर्नेहो भने यस्ता क्वाईनको कारोबार बैधानिक मानिदैन तर भित्रि रुपमा यसको कारोबार भएको पाईन्छ , खासगरि नयाँ पिंढीले यसको प्रयोग अनलाईन कारोबारबाट गरिरहेको पाईएको छ । नेपालमा यसरी भित्री रुपमा फैलिदै गएको यस्ता क्वाईनका बिबिध रचनात्मक आम्दानी र च्यानल मार्फत पनि आम्दानी पनि पर्छन्। जसले गर्दा युवा पिडिले यसमा लगानि गर्नमा आकर्षित भएको पाईएको छ ।

नेपाली युवाको लगानी यसरी नै बढ्दै जाने हो भने यस्ता नियमको दायरामा पर्न नसकेका डिजिटल क्वाईनहरुले एक दिन समस्याको सिर्जना गर्ने पक्का छ ।

यो पनि पढनुहोस् 

होसियार ! कम्प्युटर कब्जा गर्ला है ‘बिट क्वाईन’ माग्ने ‘फिरौती भाइरस’ले

फेसबुकबाट तपाईको प्रतिक्रिया