ल्यापटपबाटै ज्योतिबाल्ने दिपकको यो कस्तो दाबी !


काठमाडौं, चैत ३१ । अध्ययनको हिसाबले व्यवस्थापनका बिद्यार्थी हुन्, दिपक । घरको कमजोर आर्थिक स्थितिका कारण गाउँको स्कुलबाट एसएलसी पहिलो श्रेणीमा पास गरेपनि प्लस टु राम्रो स्कुलमा पढ्न पाएनन् । काठमाडौँमा एउटा सानो चिया पसल चलाएर बुबा बस्न थालेपछी कक्षा १२ पढ्न उनीपनि उपत्यका छिरे । कसरी पो धानिन्थ्यो र जीवन पुरै परिवारको, चिया बेचेर ! दिपक ब्रिटिस लाहुरे बन्न पोखरा तिर हानिए । असली जन्म मिति र प्रमाणपत्रमा उल्लेखित तिथि बीच मेल खाएन भन्दै उनलाई त्यहाबाट पाखा लगाइयो । तब शुरुभयो नहुनुपर्ने रोग, डिप्रेसन ।

गाउँ कै घरमा धुम्धुमिएर एउटा आशालाग्दो छोरो बसेको देख्दा बुबाले ढाडस दिनुभयो, ‘छोरा जीवन लामो छ । हरेस नखाऊ, हिंड काठमाडौँ । कम्प्युटरको जमाना छ, त्यही सिक, नयाँ थालनी गर ।’ ०६३ सालमा हो, उनले कम्प्युटर देखेको । एउटा इन्स्टिच्युटमा गएर आधारभूत तालिम लिए । त्यहाँका प्रशिक्षकले उनलाई त्यहीं प्रशिक्षक बन्न अफर गरे । सामान्य रुपमा सफ्टवेयरका त उनि ज्ञाता बने तर रहर जाग्यो हार्डवेयर बारे जान्ने । रहर मात्र थिएन हार्डवेयरले लोभ्याउनुमा, त्यसको राम्रो स्कोप पनि देखेर त्यता ध्यान दिएको भन्छन्, उनि।

तर, बिडम्बना खोजेको ज्ञान दिने संस्था नै पाएनन् । एक/दुई वटामा राम्रै पैसा तिरे तर सिप शुन्य बराबर। आज पनि दुखेसो गर्छन् दिपक, ‘मलाई झुक्याउने त्यस्ता ‘तालिम केन्द्र’ नाम राखेका पसल अझै पनि छन् यो सहरमा ।’ ल्यापटपको हार्डवेयर सिक्न पैसा त बुझाए तर राम्ररी खोल्न र बन्द गर्न पनि नजान्ने कै हालतमा थिए उनि कोर्ष पुरा भयो भन्दै प्रशिक्षकले ‘पैसा वसुल’को घन्टी बजाउंदा ।

त्यसपछि लागे भारत तिर काम पनि गर्ने, ज्ञान पनि आर्जन गर्ने योजना मनमा बोकेर । साथमा थिए उतै मजदूरी गर्ने छिमेकी काका । संयोग नै भनौ, उनले सोचे जस्तै ठाउंमा काम पाए र हाँसिल गरे हार्डवेयर सम्बन्धि ज्ञान जुन आज स्वदेशका हजारौ हजार युवालाई बाँडीरहेका छन् । त्यहाँ २ वर्ष बस्दा संधै एउटा कुरा मनमा आउंथ्यो, ‘कहिले त्यहाँ सिकेको नेपाल मै गएर सिकाउँ।‘ आफुले खोजेको ज्ञान काठमाडौँ खाल्टोमा नभेटेको पींडा थियो, उनि भित्र।

त्यसैले सुरु गरे, एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टर  । शंकरदेव क्याम्पस अगाडिको गल्लीमा छ उनको हार्डवेयर सिकाउने इन्स्टिच्युट । जहाँ ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिटरलगायतका सामानहरुको हार्डवेयर ट्रेनिङ संचालनमा छ भने नेटवर्किङ सम्बन्धि ज्ञान पनि दिइन्छ । एलाइन्सले सानो समस्यामा पनि धेरै पैसा लगानी गर्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर दक्ष इन्जिनियर मार्फत एएमसी सर्भीससमेत प्रदान गर्दै आएको छ । कम्पनीले ल्यापटप तथा कम्प्युटरका सामानहरुको समेत सुपत मूल्यमा विक्री वितरण गर्दै आएको छ ।

‘चिप लेबल तालिम प्राप्त गरिसकेका जो कोहीले पनि रोजगारीको अवसर प्राप्त गर्छन्, हाम्रै देशमा’ यो कम्पनीका अध्यक्ष समेत रहेका पोखरेलको दाबी छ । प्रत्येक दिन हजारौ युवा रोजगारी खोज्दै विदेश तिर भासिनु पर्ने समस्याको सहज निराकरण बोकेर बसेका छन्, उनि । कतिसम्म ढुक्क छन् आफुले बाँड्ने ज्ञान र सिपको गुणस्तरबारे भने उनि ग्यारेन्टी नै गर्छन् जागिरको । जो कोहिले कहाँ गर्न सक्छ यस्तो दाबी तर हल्कै रुपमा अर्धदक्ष जनशक्तिलाई दक्ष बनाउने, बिदेशमा गएर पनि सम्मानित काम गर्न सक्ने र विश्वका विकसित भनेका मुलुकमा समेत प्रतिस्पर्धा गर्न सक्ने ‘मान्छे’ हर कोहीलाई बनाउने अठोट छ, दीपकमा ।

‘यतिमात्र होइन एसएलसीपछि इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि पनि एलाइन्सको तालिमले पूर्ण सहयोग गर्छ’ उनि तालिमको महत्व स्पष्ट पार्छन् । काठमाडौंको पुतलीसडकमा रहेको एलाइन्सले सर्किट डायग्राम, ब्लक डायग्राम, बिजीए, सीआरओ, आईआरडी, डीसी जस्ता मेसिनहरुको प्रयोग गरेर विद्यार्थीहरुलाई ट्रेनिङ प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया