यसकारण अग्नि बीमा गर्नुस्, धेरै जोखिम घट्छ


चंकी क्षेत्री, प्रमुख कार्यकारी अधिकृत, सगरमाथा इन्स्योरेन्स कं. लि.

अति आवश्यक छ बीमा सम्बन्धि ज्ञान तर धेरैलाई यसबारे थाहा नै छैन त्यसैले म यहाँहरुलाई बीमा सम्बन्धी केही जानकारीहरु दिन गईरहेको छु । सामान्यतया बीमा दुई प्रकारको हुन्छ, एउटा जीवन बीमा अर्को निर्जीवन बीमा ।

जीवन बीमा लामो समयका लागी गरिन्छ । यो लामो समयसम्म पोलेसी हो । निर्जीवन बीमा मा चाँही बिशेषगरी धर जग्गा, सम्पत्ति, गाडीहरुको बीमा गरिन्छ । यस अन्तरर्गत पनि धेरै प्रकारका बीमाहरु पर्छन् । हामी हवाई बीमा, सवारी साधनहरुको बीमा गर्छौ यो किन गरिन्छ भने दुर्घटना भनेको कहिले हुन्छ कसैलाई थाहा हुदैन । त्यसकारण दुर्घटनाबाट भएको क्षतीलाई पुर्ति गर्नका लागी बीमा गरिन्छ । जसले गर्दा पहिलाकै अवस्थामा आर्थिक रुपमा आफूलाई ल्याएर व्यापार व्यवसाय अगाडी बढाउन सकिन्छ ।

नेपालमा पाँच प्रकारका निर्जीवन बीमा पोलेसीहरु रहेकाछन् । अग्नि बीमा, सवारीसाधन बीमा, मेरीन (आयात/निर्यात) सम्बन्धि बीमा, इन्जुरिंग (साधन स्रोत सम्बन्धि) बीमा र बिबिध बीमा । स्कुल, कलेज, पुल लगायतका भौतिक पुर्बाधार निर्माणमा ठेकदारको सुरक्षार्थ गरिने बीमा पनि यहि समूह अन्तर्गत पर्छ । यस बाहेक हवाई बीमा पनि छ ।

नेपालमा हाल १७ वटा इन्स्योरेन्स कम्पनीहरु सक्रिय छन् । ती मध्ये धेरैजसोले जिल्ला–जिल्लामा शाखा बिस्तार गरेका छन् । आफ्ना ग्राहकहरुलाई इन्स्योरेन्स गराउन मार्केटीङका साथीहरुले घरघरमा गएर सेवा पुर्याउने गरेका छन् । तपाई स्वयंम कार्यलयमा आएर पनी बीमा गर्न सक्नुहुन्छ ।

बीमा एउटा करार हो । सो करारलाई यहाँहरुले स्वीकार गर्नपर्ने हुन्छ । हामीले दिएको फारमलाई आफ्नो पूर्ण विवरण सहित भर्नपर्ने हुन्छ । बीमा गर्दा कुन–कुन सम्पत्तिको बीमा गर्ने हो त्यस बिषयमा प्रष्ट हुनुपर्छ । यो अनुसार हामी रकम कसरी दिने भन्ने निर्णय गर्छौ । जसबाट सेवा सुविधाको लाभ उठाउन सकिन्छ । केही दुर्घटना भईहाले पनि यसको क्षतिपूर्ति गर्न सकिन्छ । बीमाको मुख्य उदेश्य भनेको नै यही हो ।

यहाँहरुको क्षतीपुर्ती बीमा कम्पनीले शोधभर्ना गर्नेगर्छ । आम मानिसले सोचे जस्तो बीमा त्यती महङ्गो पनी छैन । तर, जनचेतनाको अभावले गर्दा पनी यसको पँहुच सोचेजस्तो गरी पुर्याउन नसकीएको हो । संसारको सबैभन्दा महङ्गो शिक्षा र स्वास्थको बीमाको कुरा पनी हाम्रो देशमा चर्चामा आईरहेको छ ।

नेपाल कृषि प्रधान देश भएकोले यसलाई कसरी अगाडी बढाउने भनेर माईक्रोफाईनान्सको कुरा पनि आएको छ । यसको सेवा केन्द्रहरु हाल ७५ वटै जिल्लामा छन् । जस अन्तर्गत माछापालन, फलफुल खेती पर्दछन् ।

निर्जीवन बीमा विशेषगरी आगोबाट भएको क्षतीलाई पूर्ती गर्ने गर्छ । बाढी पहिरोबाट भएको क्षतीपुर्तिका लागी पनि यो लाभदायी हुन्छ । जसका लागी सरकारले रु.१००० को प्रिमियमका लागी ७५ प्रतिशत अर्थात ७५० बेर्होने गर्छ । रु.२५० मात्र आफुले खर्च गर्न पर्ने हुन्छ । यसरी जम्मा २५ प्रतिशत मात्र प्रिमियम तिर्दा ठुलो सम्पत्तिको रक्षा हुन सक्छ भन्ने कुरा अझैसम्म पनि सर्वसाधारणले बुझेका छैनन् । जवकी माइक्रो इन्स्योरेन्सले धेरै नै टेवा पुयाईरहेको छ ।

अर्को रहेको छ, फायर ईन्सुरेन्स । यसमा चाँही रिक्स के छ त्यसमा भर पर्छ । भुकम्प र फायरलाई चाँही एउटै सेक्टरमा राखिएको छ । हाम्रो सामाजिक प्रचलन के छ भने बैंकमा ऋण छ भने बीमा गर्ने नत्र नगर्ने । तर सम्पूर्णले जुनसुकै अवस्थामा अग्नि ईन्सुरेन्स चाँही गरेको राम्रो हो । जसले गर्दा जोखीम धेरै नै न्युनीकरण हुन्छ । यस इन्स्योरेन्स अन्तर्गत हुलदंगा, आतंकवादको पनि कभरेज हुन्छ ।

अर्को रहेको छ, मोटर बीमा । यसमा दुईवटा बीमा हुन्छ, ब्यापक बीमा र तेस्रो पक्ष बीमा । तेस्रो पक्ष बीमाले चाँही आफ्नो सम्पत्तिको क्षतिपूर्ती दिदैन यसले केबल तेस्रो पक्षको दाबी मात्र भुक्तानी गर्छ । ब्यापकले चाँही आफ्नो गाडीको क्षतीपूर्तीर्को साथै तेस्रो पक्षको पनि क्षती बेर्होने गर्छ । यध्यपी हामीले तेस्रो पक्ष बीमा गर्न चाँही जरुरी नै रहेको छ ।

अर्को रहेको छ सामुन्द्रिक बीमा । यसले चाँही आयात निर्यातको पाटोलाई समेटेको छ । नेपालमा समुन्द्र नभएपनी सडकबाट आउने, हवाई मार्गबाट आउने सामानको बीमालाई हेर्ने गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया