पोलेसीबारे बुझ्नुस्, अनि दाबी भुक्तानीमा समस्या हुँदैन


शेखर बराल, सिइओ, युनाइटेड इन्स्योरेन्स (नेपाल) लि.

बीमामा कम्पनीको बारेमा कुरा गर्दा प्रायजसो सबै बीमाकर्ताको गुनासो सुनिन्छ । बीमा कम्पनीहरुले दाबी भुक्तानी समयमा दिंदै दिदैनन् । यसबारे म बीमा कम्पनीको तर्फबाट केहि प्रष्ट पार्न चाहान्छु ।

महाभुकम्पपछि हाम्रा धेरै ग्राहकले आफ्नो बीमित सम्पत्तिको सोधभर्ना गर्ने क्रममा माथि उल्लेखित आरोप लगाउने गरेको देखिन्छ । त्यसैले बुझ्नु पर्ने यो छ कि बीमा कम्पनीहरुले जारी गर्ने बीमा लेखहरु धेरै प्रकारका छन् । तिमध्ये अग्नी बीमा लेख एउटा हो जसले अग्नीबाट हुने क्षति सँगसँगै भुकम्पबाट हुने क्षतिलाई पनि परिपूर्ति गर्दछ । त्यसकारण यो बुझ्नु जरुरी की अग्नी बीमा लेखहरुले भुकम्पबाट हुने जोखिमलाई पनि स्वतः कभर गरिसकेको हुन्छ ।

यहाँनेर प्रमुख समस्या के छ भने बीमीतहरुले बीमा पोलिसीको बारेमा केही नबुझी बीमा गराउने र पछि बीमा रकम दाबी गर्दा चाँही पुरै सम्पत्तिको दाबी गर्ने गरेको देखिएको छ । यो समस्या देखिनुको खास कारण बीमीतले आफ्नो सम्पत्तिको मूल्याङकन नगरी बीमालेख जारी गर्दछ र पछि गएर आफ्नो सम्पत्तिको बास्तबिक क्षतिको बीमा भुक्तानी पाउँदैन अनि शुरु हुन्छ, समस्या ।

त्यसबाट जोगीन बीमीतले बीमा गर्ने समयमा आफ्नो सम्पत्तिको सही मूल्यांकन गरी त्यसको आधारमा बीमा गर्नुपर्ने हुन्छ ।बीमा कम्पनीहरुले पनि बीमा रकम भुक्तानी गर्दा अनुसन्धानकर्ताहरुले गरेको बास्तबिक क्षतिको अध्यायन–अनुसन्धान र मूल्यांकन गरी प्रतिवेदन पेश गर्दछ । बीमीतले पनि आफ्नो तर्फबाट प्रतिवेदन पेश गर्दछ । त्यसपछि दुबैलाई मिलान गरि बास्तबिक क्षतिको आधारमा र बीमीतले गरेको बीमा शुल्कको आधारमा बीमा भक्तानी हुने हो । तसर्थ बीमा गराउदा बीमा पोलीसीको बारेमा बुझेर, आफ्नो सम्पत्तिको बास्तबिक मूल्यांकन, भ्यालुएसन गरेर मात्र बीमा गराउनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया