वारेन बफेट विश्वको दोश्रो धनाढ्य, जानौं उनको शेयर लगानी मन्त्र

चर्चित पत्रिका फोब्र्सले मंगलबार विश्वका धनाढ्यहरुको सूची सार्वजानिक गरेको छ । सार्वजानिक सूची अनुसार विगतका वर्षमा जस्तै यो वर्ष पनि बिल गेट्स विश्वका धनाढ्यको नम्बर वानमा रहेका छन् । भने शेयर बजारमा लगानी गरेरै आफुलाई विश्वको दोश्रो धनाढ्यको रुपमा स्थापित गरेका छन्, वारेन बफेट ।

अमेरिकी लगानीकर्ता बफेटको कूल सम्पत्ति ७५ अर्ब ६० करोड अमेरिकी डलर रहेको छ । विश्वका धनाढ्यको पहिलो नम्बरमा रहेका बिल गेट्सको कूल सम्पत्ति भने ८६ अर्ब अमेरिकी डलर रहेको छ ।

वर्कशायर हाथवेका मालिक बफेट शेयर बजारका बादशाह नै मानिन्छन् । अमरीकी सहर ओमाहाको नेब्रास्कामा ३० अगस्त १९३० सालमा जन्मेका वारेन बफेटले। ११ वर्षको कलिलो उमेरमै बुबासंगै शेयर कारोबारी जीवनको शुरुवात गरेका थिए ।

बफेट ओरेकल अफ ओमाहा अर्थात् ओमाहाको सबै भन्दा ठुलो लगानीकर्ताको रुपमा पनि चिनिन्छन । उनले अमरीकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठुलो कम्पनीहरुमा धेरै लगानी गर्ने गर्थे । यी कम्पनीहरुमा ठुलो स्वामित्व कसैसंग छ भने त्यो वारेन बफेटसंग रहेको छ ।

हेरौं शेयर बजारका बादशाह वारेन बफेटको लगानी मन्त्र

१. विवेकपूर्ण लगानी निर्णय
बफेट का अनुसार ‘यदि कसैले उसको आवश्यकता बेगरको सामान किन्छ भने चाडै उसले आवश्यकीय वस्तु बिक्रि गर्छ’ । कहिलेकाही मानिसहरु आफुले आवश्यक नपरेको वस्तु पनि अरुलाई देखाउनको निम्ति किन्ने गर्छन । यसै मनोविज्ञानको फाइदा उठाऊछन् विभिन्न वस्तुहरु उत्पादन गर्ने कम्पनीहरुले बिज्ञापन मार्फत । यस्तो बेला हामीले आफै संग प्रश्न गर्नु आवश्यक छ , के यो वस्तु अति आवश्यकीय छ त ? कहिँ त्यसमा बढी लगानी त हुदै छैन ।
लगानी गर्दा सधै त्यसको प्रतिफल हेर्नु अति आवश्यक छ त्यति मात्र नभई त्यो संगै समान अन्य कम्पनीको प्रतिफल पनि दाज्नु जरुरी छ ।
२. बचत ‘अनावश्यक लगानी भन्दा बचत उपयुक्त’
बफेट भन्छन् ‘हिजो कसैले रुख रोपेको कारण आज तिमी छायामा बस्न पाएका छौ’ । सुनौलो भविष्यको लागि आज बचत गर्नु जरुरी छ । हामी बचत त गर्छौ तर आकस्मिक कोषको लागि भने पर्याप्त बचत गर्दैनौ किनकि हाम्रो ज्यादै ध्यान अल्पकालीन योजनाहरुमा मात्र केन्द्रित हुन्छ । मानिसका आवश्यकता कहिल्यै पुरा हुदैनन् त्यसैले आजैबाट अत्यावश्यक बाहेकका सबै बस्तुहरुमा गरिने लगानी बचत गरौ र एउटा कोष बनाएर उपयुक्त ठाउमा लगानी गरौ ।
३. धर्य गर्ने बानी बसालौ र दिर्घकालिन योजना बनाऊ
बफेट भन्छन् ‘तिमीसंग जतिसुकै ज्ञान र सीपको भण्डार रहेपनि त्यसको औचित्य रहदैन, यदि तिमीले समयमा त्यसको सदुपयोग गरेनौ भने’ ।

मुद्राको एउटा प्रवृति हुन्छ यो राता रात डङ्गुर लाग्दैन । रातारात पैसा कमाउने कुनै जादुको छडी हुदैन यसको लागि त उपयुक्त लगानी निर्णय र त्यसबाट प्राप्त हुने प्रतिफलको लागि समय आवश्यक हुन्छ । दिर्घकालिन लगानी, लगानीको उचित क्षेत्रमा बाँडफांड, आफ्नो जोखिम बहन क्षमता, लगानीको लागि सहि बित्तिय औजारको छनौट आदि कुराहरुमा ध्यान पुर्याउनु सके लगानी सुरक्षित हुनेछ । बजारको उतार चढाव बाट छोटो समय मा धेरै कमाउन खोज्नु मुर्खता मात्र हुनेछ अरु केहि होइन ।
४. जोखिम
‘जोखिम तब उत्पन्न हुन्छ जब तिमी के गरि रहेका छौ तिमी आफैलाई थाहा हुदैन’  : बफेट
हामी सबैको चाहना हो छोटो समयमा बढी पैसा कमाउने । अनि हामी लगानी गर्छौ त्यस्तो कम्पनीमा जुन कम्पनीले ज्यादा प्रतिफलको घोषणा गरेका हुन्छन तर हामी बिर्सनछौ कि त्यो ज्यादा प्रतिफल संगै जोडिएको जोखिमलाई । यस्तो तब हुन्छ जब हामी लोभी, ज्यादा जान्ने हुन खोज्छौ । सफलताको कुनै छोटो बाटो हुदैन त्यसको लागि निरन्तर प्रयास, लगन अनि मिहेनत गर्नु पर्छ ।
५. उधारो
उधारो कहिल्यै राम्रो मानिदैन । तर उचित व्यवस्थापन र सदुपयोग गर्न जाने यो पनि राम्रो हुन सक्छ । त्यसो त उधारो कुनै उद्देश्य बेगर लिने गरिदैन साथै फिर्ता गर्ने स्रोतको पनि व्यवस्था मिलाइएको हुन्छ । आफुले लिएको उधारोमा तिर्नु पर्ने त्यसको लागत र आफुले त्यसको सदुपयोगबाट प्राप्त प्रतिफल दाजेर हेर्दा यदि प्राप्त प्रतिफल ज्यादा हुने भए मात्र उधारो लिने गर्नु पर्छ ।

अन्त्यमा तपाई लगानी गर्दै हुनु हुन्छ र तपाई संग उचित ज्ञान छैन भने विज्ञहरुको सल्लाह लिनु पर्छ, लगानी गर्नु पूर्व थुप्रै अध्ययन गर्नु पर्छ र आफ्नो आकस्मिक आवश्यकता विचार गरेर मात्र लगानी गर्नु पर्छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया