माछापुच्छ्रेको हकप्रद भर्न छुट्यो कि ? नआत्तिनुहोस् अन्तिम दिन बाँकी छ


माछापुच्छ्रे बैंक-लिलामी-हकप्रद-शेयर

काठमाडौं, माघ २ । माछापुच्छ्रे बैंक (Machhapuchhre Bank Limited) को मूल्य समायोजन भएको छ । बैंकको २० प्रतिशत बोनस पछिको मूल्य समायोजन मूल्यले २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रदको बिक्री खुल्ला गरेको छ । बैंकले आफ्नो चुक्ता पूँजी वृद्धिका लागि हकप्रद शेयर वितरण गर्न लागेको हो ।

उक्त हकप्रदको अन्तिम म्याद पुस २४ गतेसम्म भनिएता पनि बैंक (MBL) ले सूचना जारी गरेर एक हप्ता म्याद थपेको थियो । अब बैंकको ५० प्रतिशत हकप्रदमा माघ २ गते अर्थात आजसम्म आवेदन दिन सकिन्छ ।

उक्त हकप्रदमा कात्तिक ११ गतेसम्म शेयर रहेका शेरधनीले आवेदन दिन सक्ने छन् । आज अर्थात माघ २ गते आफ्नो ५० प्रतिशत हकप्रद सुरक्षित गरि सक्नु पर्दछ ।
बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बैंकले १०० रुपैयाँ अंकित दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । माछापुच्छ्रे बैंकको हाल ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजीमा हकप्रद निष्काशन पछि पूँजी ५ अर्ब ७९ करोड ६८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

माछापुच्छ्रे बैंकको संस्थापक शेयरधनीहरु ५१ प्रतिशत रहेको छ भने सर्वसाधारण शेयरधनीहरु ४९ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया