ज्योति विकास बैंकको ११.७ प्रतिशत बोनस र शत प्रतिशत हकप्रद पारित

काठमाडौं, पुस २८ । ज्योति विकास बैंक (Jyoti Bikas Bank Limited) ले लगानीकर्तालाई दिने भनि प्रस्ताव गरेको ११ दशमलव ७ प्रतिशत बैंकको साधारणसभाले पारित गरेको छ । बैंकको पुस २८ गते सम्पन्न नवौं साधारणसभाले उक्त बोनस शेयरको प्रस्ताव पारित गरेको हो ।

त्यस्तै सो सभाले बैंकको चुक्तापूँजी वृद्धिका लागि बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको हो ।

९२ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी भएको ज्योति विकास बैंकले गतआर्थिक वर्षमा १५ करोड २१ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ भने त्यसपछि कायम पूँजीको १०० प्रतिशत हकप्रद जारीपछि बैंकको चुक्ता पुँजी २ अर्ब नाघ्नेछ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया