डोनाल्ड ट्रम्पले बढाए सुनको मूल्य

काठमाडौं, पुस २८ । अमेरिकी राष्ट्रपति मन्तव्यले सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । बुधबार अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको पहिलो पत्रकार सम्मेलनको आयोजना गरे । सो सम्मेलनमा ट्रम्पले दिएको मन्तव्य पश्चात विहिबार सुनको मूल्य उकालो लाग्दै अमेरिकी डलर ११९८ दशमलव ९ प्रति ट्रोय आउन्समा कारोबार भयो । यो मूल्य २८ नोभेम्बर २०१६ यताकै अधिक हो । ट्रम्पको पत्रकार सम्मेलन पश्चात अमेरिकी डलर कमजोर भएका कारण कारोबारीहरुले गरेको आर्थिक वृद्धिको अपेक्षामा पनि अनिश्चितता छाएको छ ।

ट्रम्पको आर्थिक नीतिहरुको सानो विवरण प्रस्तुत गरिए पश्चात अमेरिकी डलरको मूल्य घट्नुका साथै १० वर्षे सरकारी ऋणपत्रको लाभमा गिरावट आउँदै ३० नोभेम्बर २०१६ यताकै न्यून कायम भएको छ । सुनको मूल्य लगातार ४ दिन वृद्धि भएको छ ।

यस हप्ताका आगामी दिनहरुमा विभिन्न महत्वपूर्ण रिपोर्ट तथा मनतव्यहरु प्रस्तुत हुनेछन् । जसमध्ये, फेडेरल रिजर्भकी अध्यक्ष जेनेट एलेनले नेपाली समय अनुसार शुक्रबार बिहान ५ः४५ मा वासिंगटन डिसीमा आफ्नो मनतव्य व्यक्त गर्ने छिन् । यसको प्रभाव वस्तुबजारमा पर्न सक्ने सम्भावना अधिक देखिन्छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया