बाफियामा गोप्य चलखेल, सर्वसाधारणको रकम जोखिममा

काठमाडौं, पुस २८ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा ‘गोप्य रुपमा’ समावेश गरिएको कार्यकारी अध्यक्ष र सन्चालकको कार्यकालसम्बन्धी व्यवस्थाले वित्तीय जोखिम बढाउने भएको छ ।

मंगलबार पारित बाफियामा ‘ऐन कार्यान्वयन भएपछि कार्यकारी अध्यक्ष र प्रबन्ध सन्चालक लगातार दुई कार्यकालसम्म मात्र रहन सक्ने’ उल्लेख छ । तर विधेयक पास हुने अन्तिम समयामा आएर अध्यक्षका अगाडि ‘कार्यकारी’ शब्द राख्दा लगानीकर्ताको हालीमुहाली बढेर सर्वसाधारणको रकम जोखिम पर्ने सम्भावना बढेको हो ।

बैंक तथा वित्तीइ संस्थाका अध्यक्ष र सन्चालकसमेत रहेका सांसद र अन्य लगानीकर्तासमेतको मिलेमतनेमा अर्थ समितिमा रहेका प्रभावशाली व्यक्तिहरुलाई प्रभावमा पारेर अन्तिम समयमा आफूअनुकूल हुने गरी बाफिया संशोधन गरिएको एक सांसदले बताए । राष्ट्र बैंक, सरकार र सांसदहरुबीच छलफल भएरै उक्त व्यवस्था गरिएको अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताए । आजको कान्तिपुर दैनिकबाट

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया