बजार स्थिर हुँदा कारोबार रकम ३६ करोडमा खुम्चियो

काठमाडौं, पुस २७ । मंगलबार १७ अंकले बढेको नेप्से परिसुचक बुधबार भने सामान्य घटेको छ । बुधबार परिसुचक शुन्य दशमलव ३९ अंकले घटेर १४ सय ७६ दशमलव ५१ अंकको बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।

आज बैंक, होटल, फाइनान्स र अन्य समूह बढेका छन् भने अन्य समूहमा गिरावट आएको छ । आज बैंकिङ समूह दुई दशलमव ३४ अंकले बढेको छ । त्यस्तै होटल समू ७ दशमलव ०७ अंकले, फाइनान्स समूह ११ दशलमव ८ र अन्य समूह २ दशमलव ३२ अंकले बढेको छ ।

त्यस्तै आज सर्वाधिक घट्नेमा बीमा समूह रहेको छ । यसका लगानीकर्तालै ५० दशलमव २३ अंकको घाटा बेहोरेका छन् । त्यस्तै विकास बैंक समूह ९ दशलमव ०७ अंकले र जलविद्युत समूह १२ दशमलव २५ अंकले घटेको छ ।

आज सबैभन्दा बढी नबिल ब्यालेन्स फण्डको ४ करोड ७४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सको २ करोड ३६ लाख भन्दा बढीको शेयर किनबेच भएको छ ।

आज जम्मा १२० कम्पनीको ३६ करोड २५ लाख ५५ हजार ९५७ रुपैयाँको शेयर कारोवार भएको छ ।

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया