पर्यटक तान्न सिमलचौरमा माघे सङक्रान्ति मेला

पोखरा, पुस २६ । धार्मिक क्षेत्र मुक्तिनाथ पदमार्गको प्रवेशद्वारको रुपमा रहेको पोखराको सिमलचौरमा तेस्रो माघेसङक्रान्ति महोत्सव हुने भएको छ ।

ऐतिहासिकताको प्रचार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यही पुस २९ र माघ १ गते महोत्सव गर्न लागिको प्रचारप्रसार उपसमितिका संयोजक बोधराज ढकालले जानकारी दिए ।

पोखराको सिर्जना चोकदेखि आलुमाइला चोकसम्मको लगभग ४०० मिटर सडकमा कन्दमूल, खिचडीलगायत विभिन्न खानाका परिकारका ५० भन्दा बढी कक्ष रहने छन् । महोत्सवमा आउने दर्शकलाई जाल्पादेवी मन्दिरको दर्शन तथा स्वस्थानी व्रतकथा श्रवणको समेत व्यवस्था गरिएको छ ।

प्राचीनकालमा पूर्खाले बाटोभरी ढुङ्गा बिच्छ्याएर मुक्तिनाथ जाने तीर्थयात्रीलाई स्वागत गर्ने गरेको सिमलचौरस्थित ढुङ्गे सडक हाल कालोपत्रे गरिएकोछ । यस ऐतिहासिक प्राचीन महत्वको स्थललाई पछिल्लो पुस्ता माझ जानकारी गराउन पनि महोत्सव उपयोगी बन्ने ढकाले बताए । उक्त क्षेत्रमा गणेश, शिव, भिमसेनस्थान र भैरव मन्दिर छन् ।

महोत्सवमा कुमारी नाच, गाईजात्रा, लाखेनाथलगायतका विभिन्न लोपउन्मुख नृत्य प्रस्तुत गरिनेछ । महोत्सव आयोजना गर्न करिब रु पाँच लाख ६० हजार खर्च हुने आयोजकको अनुमान छ । रासस

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया