वर्तमान संविधान विकासको बाधक !

काठमाडौं, पुस २५ । मुलुकलाई आर्थिक प्रगतिको बाटोमा अघि बढाउनका लागि वर्तमान संविधानमा संशोधन आवश्यक रहेको कुरामा देशका बौदिक व्यक्तित्वहरुले जोड दिएकाछन् । नेपाल बौद्दिक पेशाकर्मी महासंघले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

आर्थिक समृदिको एक मात्र उदेश्य राखेर पार्टी खोलेका बाबुराम भट्टराईले संबिधान आधा भरिएको गिलास जस्तो भएकोले सबैले आ-आफ्नो ढंगले यसको ब्याख्या गरिरहेको हुनाले अब संशोधन मार्फत पूर्णता दिएर देशलाई आर्थिक प्रगतिको मार्गमा हिड्ने बाटो खोल्नु पर्ने बताए । त्यस्तै पुर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अब अलमल नगरी संशोधनमा गएर देश बिकासमा केन्द्रित हुन ढिला गर्नु नहुने विचार ब्यक्त गरेका थिए ।

संघीय समाजवादी पार्टीका नेता उपेन्द्र यादब लगायतका व्यक्तित्वहरुले सो कार्यक्रममा संविधान संसोधनको अनिवार्यता बारे प्रष्ट्राएका थिए ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया