बैंकर्स अनिल शाह भन्छन्, ‘नेपाल संभावना नै संभावनाको खानी भएको देश हो ।’

काठमाडौं, पुस २५ । बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले नेपाल संभावना नै संभावनाको खानी भएको बताएका छन् । उनले नेपालको विकासमा संभावनाको खानी रहेको उल्लेख गर्दै नेपालीले त्यो संम्भावनालाई अझै चिन्न नसेको बताए । ‘नेपालमा सबै थोक पाईन्छ’ उनी भन्छन्, ‘तर यहाँ इच्छाशक्ति पाउन गाह्रो छ ।’

पब्लिक युथ क्यापसमा अनेरास्वियुले सञ्चालन गरेको बैंकिङ तालिमका क्रममा उनले यस्तो बताएका हुन् । समग्र बैंकिङ प्रणाली र नेपालमा आर्थिक संमृद्धिका लागि आम युवा र नेपालीको भुमिकाको विषयमा कक्षा लिएका उनले नेपालका नेताहरुको मात्र कमजोरी नभई सबैको कमजोरी भएको हुनाले विकास हुन नसकेको बताए ।

मेगा बैंकका सिइओ समेत रहेका शाहले तालिममा नेपालको नेतृत्व पंतिले र पब्लिकले समेत बोल्ने मात्र तर काम नगर्ने बताए । उनले नेताहरुको बोलीलाई उदृत गर्दै भने ‘म नेपाललाई सिङ्गापुर भएको होईन सुन्दर र विकसित भएको हेर्न चाहन्छु ।’

उक्त तालिममा शाहले विद्यार्थीलाई आफ्नो रुचि अनुसार पेशा व्यवसायमा लाग्न समेत सुझाब दिए ।
पाँच सयभन्दा बढी विद्यार्थी उपस्थिती रहेको सो तालिम पुस २९ गतेसम्म चल्ने छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया