एभरेष्ट बैंकद्धारा वृद्ध आश्रमलाई सहयोग

काठमाडौं, पुस २५ । एभरेष्ट बैंक (Everest Bank Limited) ले पशुपतिनाथ मन्दिरमा अवस्थित वृद्ध आश्रमलाई जाडोको न्यानो कपडा सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त बैंकले उक्त कपडा सहयोग गरेको हो ।

उक्त मन्दिर परिसरमा भएको कार्यक्रममा पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरे, पशुपतिनाथ क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले जाडोको न्यानो कपडा आश्रममा रहेका वृद्धहरुलाई वितरण गरेका थिए ।

एभरेष्ट बैंक (EBL) ले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया