सनराईज बैंकले किन्यो एनआईडिसी क्यापिटल

काठमाडौं, पुस २५ । नारायणी नेशनल फाइनान्स लाई खरिद गरेको सनराइज बैंक (SRBL) ले एनआईडिसी क्यापिटल मार्केट्स (NCM) लाई पनि प्राप्ति (एक्विजिशन) गरेको छ ।

बैंकले उक्त क्यापिटललाई प्राप्ति गर्ने प्रस्तावलाई बैंकको पुस २५ मा बसेको विशेष साधारणसभाले अनुमोदन गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ३३ दशमलव ३३ प्रतिशत बोनस वितरण गरेको बैंकको बोनस वितरणपछि चुक्तापूँजी ५ अर्ब ५० करोड पुगेको थियो ।

बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीमा १० बराबर ३ को अनुपातमा हकप्रद जारी गर्दा १ अर्ब ५९ करोड रुपैयाँ वृद्धि भई चुक्तापूँजी ७ अर्ब पूग्नेछ । त्यसमा एनआईडीसी क्यापिटलको पूँजी थपिंदा बैंकको पूँजी ८ अर्ब पुग्ने देखिन्छ ।

सनराईज बैंकको बोनस शेयर पारित, १० बराबर ३ को अनुपातमा हकप्रद पनि दिने

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया