धितोपत्र बोर्डले रिलायबललाई दियो मर्चेन्ट बैंकरको अनुमति

काठमाडौं, पुस २५ । रिलायबल क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ ।

रिलायबल डेभलपमेन्ट बैंक लिमिटेड (Reliable Development Bank Ltd) को सहायक कम्पनीको रुपमा संचालित रिलायबल क्यापिटल लिमिटेडलाई हाल शेयर रजिस्ट्रेसन तथा लगानी व्यवस्थापन सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त भएको हो । चुक्ता पुँजी १० करोड ५० लाख र अधिकृत पुँजी २० करोड रहेको यस क्यापिटलमा पूर्ण रुपमा रिलायबल डेभलपमेन्ट बैंकको लगानी रहेको छ ।

2 COMMENTS

  1. हेर्दा रिलायवल तर व्यवहारमा अन रिलायवल । किनभने १ बराबर १ हकप्रदको घोषणा गरेको बैकले किन ग्योवल अाईएमई सँग मर्जरमा जान तयार भएको । यसबाट सम्पूर्ण सेयर लगानीकर्तामा ठेस पुगेन ।

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया