नेपथ्यको कन्सर्ट सँगै पल्सर डेयर भेन्चर

एचएच बजाजले बजाज पल्सर डेयर भेन्चरको सफलतालाई उत्सवको रुपमा मनाउन यहि पुस २३ गते नेपथ्यको कन्सर्टसहित यसको दोस्रो संस्करण पनि भब्यरुपमा समापन गरेको छ ।

समापन समारोहको अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप, तथा मस्ट पपुलर राइडर अवार्ड बिजेताहरु क्रमशः राम बिक्रम थापा , बिक्रम केसी र सुदिप श्रेष्ठलाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरिएको छ । यस पटक पाँच जना राइडर फाइनलमा पुग्न सफल भएका थिए ।

पाँच जना राइडरहरुमा सपना गुरुङ, राम बिक्रम थापा, राम भण्डारी, बिक्रम केसी तथा निश्चल पोखरेल रहेका थिए । सहभागीहरु मध्ये बिजेता राम बिक्रम थापाले रु.१० लाखका साथमा पल्सर एनएस, उपविजेता बिक्रम केसीले रु.५ लाखका साथमा पल्सर एनएस प्राप्त गरेका थिए भने तेस्रो बिजेता सुदिप श्रेष्ठले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए ।

चर्चित ब्याण्ड नेपथ्यले विभिन्न उमेर समूहका लगभग १५ हजार दर्शहहरुको उपस्थितीमा स्टेज तताएको थियो । १० वटा एल्बमका साथमा यसका गायक अमृत गुरुङले एक्लै सन् १९९० को दशकमै चर्चित छेक्यो छेक्यो‘ गीतदेखि जोमसोमै बजारमा लगायत, रेशम सहित सन् २०१५ को पछिल्लो एब्बम रामा रामा सम्मका गीत गाएका छन् ।

गोल्छा अर्गनाइजेसन आबद्ध बहुराष्ट्रिय ब्राण्ड बजाजले आयोजना गरेको, पल्सर डेयर भेन्चर नेपालमा आयोजना भएको पहिलो रोमान्चक बाईक रियालिटी शो हो । डेयर भेन्चर निडर र साहसी १० जना बाइकरहरुकालागि आनन्द र अनुभव लिने अवसरको रुपमा आएको छ । जहाँ बाइकरहरुले पक्की सडकका साथै कच्चीसडकमा समेत नयाँ पल्सर बाइकमा यात्रा गर्न पाउँछन्, जून बाइक साहसिक यात्राका लागि बनाईएको हो । पल्सर डेयर भेन्चरका सहभागीहरुले विभिन्न चरणका तालिमहरु लिँदै र आफ्नो साहसिकता प्रस्तुत गर्दै आएका हुन् ।

समापन समारोहको अन्त्यमा, एचएच बजाजका कार्यकारी निर्देशक श्री शेखर गोल्छाले भने, “हामीले सबै जोशिला पल्सर राइडरहरुलाई सोलुखुम्बुको ताक्सिण्डुसम्मको साहसिक राइड अनुभव लिने सुवर्ण अवसर दिएका दिएका थियौं । नेपालको इतिहासमा नै पहिलो बाईक रियालिटी सो हामीले सफलतापूर्वक सम्पन्न गरेका थियौँ भने यो दोस्रोले पनि हजारौं दर्शकहरुको साथ र सहयोग प्राप्त गर्न सफल भयो । त्यसैले, हामी तपाईँलाई यो विश्वास दिलाउँछौं कि यो नै अन्त्य होईन, यसलाई परिस्कृत गर्दै नेपालको नदेखिएका र थाहा नभएका मनोरम भूभाग देखाउने गरि थप यस्तै कार्यक्रम गर्नेछौं ।”

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया