लोकमान पदमुक्त, के होला महाभियोग ?

काठमाडौं, पुस २४ । अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका छन् ।

आइतबार न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि कार्कीको योग्यता नपुगेको ठहर गर्दै यसअघिको फैसला खारेज गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय (ग) र (ङ) बमोजिम योग्यता नभएको व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को निर्णय, सो सिफारिस बमोजित राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ ।’

फैसलामा उनको योग्यता बारे उल्लेख छ – रायमाझी आयोगको प्रतिवेदन तथा नेपाल सरकारबाट निज लोकमान सिंह कार्कीलाई बर्खास्त गर्न स्पष्टीकरण सोध्ने लगायतको कारवाही प्रकृया अगाडी बढाइएको सन्दर्भमा निजलाई उच्च नैतिक चरित्र भएको तथा ख्याती प्राप्त गरेको भनि मान्न मिल्ने समेत देखिन आएन ।

कार्की माथी संसदमा दर्ता भएको महाअभियोग प्रस्ताब सिफारिस समितिमा पुगेकै दिन सर्वोच्चबाट यस्तो फैसला आएपछि अब संसदीय कारवाही कसरी अगाडी बढ्छ भन्ने चर्चा शुरु भएको छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया