टेबल भयो संशोधन बिधेयक, बिरोधकर्ता हेरेको हेर्यै

काठमाडौं, पुस २४ । आइतबार संविधान संशोधन विधेयकको कार्यसूचीमा संसद प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलका सांसदहरुले उठेर त्यसको विरोध गरे । तर, हो-हल्ला कै बीच कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबल गरे ।

यदी गृहमन्त्रि बिमलेन्द्र निधि नै संशोधन बिधेयक टेबल गर्न गएकाभए शायद आज पनि संशोधन बिधेयकले औपचारिक रुपमा संसद प्रवेश गर्न पाउने थिएन । निधि संसदमा नगए पछी उनका तर्फबाट निर्वाचनसम्न्बन्धी विधेयक टेबल गर्न रोष्टममा पुगेका अजयशंकर नायकले सभामुखको आदेश पाउनसाथ संबिधान संशोधन बिधेयक पनि टेबल गरेर बिपक्षीलाई हेरेको हेर्यै पारे ।

निर्वाचन सम्वन्धी विधेयक पेश गर्न चाहिं विपक्षी दलहरुले सरकारलाई साथ दिए । एमालेले चाहिं बिरोधको बाबजुद सरकारले संसोधन बिधेयक अघि बढाएकोले त्यो जसरी पनि असफल पार्ने घोषणा गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया