नयाँ सालको पहिलो आकर्षण, ८ जिबी र्यामयुक्त फोन

असुस कम्पनिले ८ जिबी र्याम भएको स्मार्टफोन बजारमा ल्याएको छ । दुनियाँकै पहिलो बढी रैम भएको फोनको रुपमा उत्पादक कम्पनीले दाबी गरेको यो फोनको डिस्प्ले ५.७० इन्चको छ । २३ मेगापिक्सल रियर क्यामरा भएको यो फोनको मूल्य नेपाली बजारमा कति पर्छ भन्ने निश्चित भइसकेको छैन ।

त्यसैगरि चिनियाँ कम्पनि हुवेइले पनि अमेजनको अलेक्जा इनब्युल्ट गरेको पहिलो फोन सार्बजनिक गरेको छ । यो फोनमा आफुलाई मनपर्ने गीत, खानेकुराको रिसिपी, मौसमको जानकारी लगायतका धेरैकुरा अमेजनले उपलब्ध हुन्छ। लास वेगासमा जनवरी ५ देखि चालु कन्ज्यूमर इलेक्ट्रोनिक शोमा यी फोनहरु सार्वजनिक भएका हुन् ।

सन् २०१७ मा धेरै आकर्षक फिचर सहित स्मार्टफोनहरु आउने अपेक्षा गरिएको छ । सन् २०१६ स्मार्टफोन निर्माता कम्पनिहरुको लागि त्यति सुखद रहेको थिएन ।

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया