काम लाग्ला त स्वामीको धम्की ?

स्वामी ओमले कलर टिभीको चर्चित रियालिटी शो बिगबोसको दशौ संस्करणको फाइनलमा रोकिदिने धम्की दिएका छन् । शुक्रबार बिगबोसको घरबाट निकालामा परेका उनले बरिष्ठ भारतीय पत्रकार दिबंगसँगको अन्तर्वार्ताको क्रममा यो चेतावनी दिएका हुन् ।

‘यदि २ हप्ता भित्र मलाई फिर्ता बोलाएन भने म बिगबोसको फाइनल नै रोकीदिन्छु’ उनले भनेका छन् । घरका अन्य सदस्यलाई पिसाब छ्यापेपछी उनलाई घर निकाला गरिएको हो । यस अघि अनुशासन उल्लघन गरेको भनि ‘इन्डियावाली’ नामले चिनिएकी प्रियंका जग्गालाई पनि बाहिर निकालिएको थियो।

आफ्नै पूर्वघोषित नियम तोड्दै सलमान खानले अभिनेता ओम पुरीको देहान्त भएको खबर घरका सदस्यलाई सुनाएको बिगबोस-१० मा स्वामीसंग डराएर बिगबोसले उनलाई घर भित्राऊन्छन कि बेवास्ता गर्छन् हेर्न बाँकि नै छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया