शेयर बजारको विकास कथा

कुनै गाउँमा एउटा असाध्य परिश्रमी र जागरिलो मान्छे थियो । जसको नामै थियो, उद्यमी ।  उधमीले आफ्नो सानो पुंजीबाट एउटा उद्योग सुरु गर्यो ।  त्यो उद्योग राम्रोसंग चल्यो ।  उधमीले नाम र दाम दुवै कमायो।  जताततै उसले खोलेको उद्योगको चर्चा चल्न थाल्यो ।  उधमीलाई त्यसले झनै हौसला मिल्यो ।

उधमीलाई आफ्नो उद्योग ठुलो बनायो भने अझ राम्रो हुन्छ भन्ने भयो, त्यसको लागि उसले सबै हिसाबकिताब गर्यो।  उसंग भएको पैसा सबै लगानी गरिसक्दा पनि त्यो कम देखियो ।  त्यसैले थप  पैसा खोज्न ऊ निस्कियो ।  ४/५ जना साथीहरु उसको उद्योगमा लगानी गर्न राजी भए ।

उद्योग अझ राम्रो भयो ।  पहिले भन्दा नाफा बढ्यो ।  उद्योगबाट उत्पादित बस्तुको माग भन्दा आपूर्ति कम भयो ।  आपूर्ति बढाउनलाई के गर्ने भन्ने सल्लाह गर्न उधमी र उसका साथीहरुको बैठक बस्यो ।  निर्णय आयो, लगानी बढाउने । उनीहरुसंग भएको पैसाले लगानी नपुग्ने देखियो । थप लगानीका लागि  सर्वसाधारणलाई आब्हान गर्ने निधो भयो ।

निर्णय अनुसार एउटा अवव्वान पत्र तयार गरि चोक चोकमा टाँसियो ।  मानिसहरुले त्यसप्रति राम्रो आकर्षण देखाए ।  उधमीले खोजे जति पैसा जम्मा भयो।  उद्योग रार्मोसंग संचालनमा आयो ।  नाफा बढ्यो ।

उधमीको देखासिकी गरी अरु मानिसले पनि त्यसरी नै उद्योग खोल्न सुरु गरे।  कसैको राम्रो भयो कसैको भएन ।  केहि  ठग प्रवृतिका  मानिस पैसा जम्मा गरेर भागेपनि ।

आफुलाई पैसाको खाचो भएको बखत उद्योगमा लगानी गरेको प्रमाणपत्र आफ्नो साथीभाईलाई बेचेर गर्जो टार्ने चलन पनि बिस्तारै सुरुभयो।  दुई जनाको आपसी समजदारीमा त्यो प्रमाणपत्रको भाउ तय हुन्थ्यो ।  यो प्रचलन सँगै प्रमाणपत्र किनबेचमा ब्यापकता आयो । प्रमाणपत्र बेच्ने र  किन्ने मान्छे खोज्न सार्है गार्होहुन थाल्यो ।

पछि किन्ने र बेच्ने मान्छे दुवै चोकमा जम्मा हुने वाताबरण सिर्जना भयो।  प्रत्येक दिन सो ठाउमा किन्ने मान्छे र बेच्ने मान्छे जम्मा भै लगानीको प्रमाणपत्र किनबेच गर्न थाले।  किन्ने मान्छे र बेच्ने मान्छे भेटाइदिने दलाली पनि बजारले नै सिर्जना गर्यो ।

पैसा जम्मा गरि ठगेर भाग्ने, प्रमाणपत्र किनबेच गर्न परेको समस्या, प्रत्येक वर्ष नाफा-नोक्सानको हिसाबकिताब गर्न र नाफा कति र कसरी बाड्ने जस्तो निर्णय लिन गार्हो भएपछी सबै उधमी, लगानीकर्ताले राज्यलाई गुहार्ने निर्यण गरे ।

राज्यले समस्या अध्यन गर्न कमिटि गठन गर्यो र उक्त कमिटिबाट आएको सुझाब अनुसार कानुन बनाई त्यो कानुन पालना गर्न लगाउन अधिकार सम्पन्न एउटा निकाय बनायो । हो, त्यहि संरचना नै अहिलेको स्टक-मार्केट हो ।

रबिन्द्र कायस्थ
लक्ष्मी गोल्ड इन्वेस्टमेन्ट प्रा. लि.
mail@laxmigold। com। np

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया