सिप्रदीले ल्यायो टाटाको एस मेगा

काठमाडौं, पुस १९ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ मेगा पिकअप एस मेगा नेपाली बजारमा भित्र्याएको छ ।

पिकअप सेग्मेन्टमा एक टनको आकर्षक पेलोड क्षमतासहित उत्कृष्ट प्रदर्शन क्षमता भएको टाटा एस मेगामा डिकोर डिजेल इन्जिन प्रयोग गरिएको छ, जसले उत्कृष्ट फ्युल क्षमता र साना कमर्सियल गाडी सञ्चालनमा कम लगानीको प्रत्याभूति दिने कम्पनीले जनाएको छ ।

आकर्षक, बलियो एवं आरामदायी क्याबिनयुक्त टाटा एस मेगालाई कार्गो यातायातका लागि नयाँ आविष्कारका रूपमा निर्माण गरिएको कम्पनीको दाबी छ । गाडीमा हलुका वजनको आल्मुनियम इन्जिन र पाँच स्पिडको गियर बक्सले स्मुथ ड्राइभ र उत्कृष्ट फ्युल क्षमता प्रदान गर्ने जनाइएको छ ।

मजबुत फ्रन्ट, रियर लिफ स्प्रिङ सस्पेन्सन र एक्सलहङले जस्तोसुकै रोडमा पनि सही पेलोड क्षमता प्रदान गर्छ । ९० केएमपीएचको स्पिड रहेको गाडीले २०.६ किलोमिटर प्रतिलिटरका दरले माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नेपाली बाटो सुहाउँदो र जस्तोसुकै अप्ठेरो बाटोमा पनि सजिलै गुड्न सक्ने क्षमतासहित जुनसुकै व्यवसायको लागि यो गाडी उपयुक्त हुने कम्पनीको दाबी छ।

टाटा मोटर्स इन्टरनेसनल बिजनेस कमर्सियल भेहिकल्सका प्रमुख रुद्ररूप मैत्रले टाटा मोटर्सले साना ढुवानी पिकहरूको सेगमेन्टअन्तर्गत विभिन्न गाडी प्रस्तुत गरिसकेको र ग्राहकको आवश्यकता र चाहनाबमोजिम यस सेगमेन्टमा अझ उत्कृष्ट गाडी प्रदान गर्ने उद्देश्यअनुरूप नै अत्याधुनिक, आरामदायी, सुरक्षित र बहुउपयोगी एस मेगा सार्वजनिक गरेको बताएका छन् ।

कम्पनीका अनुसार यो गाडी सानो पिकअप सेग्मेन्टअन्तर्गत सबैभन्दा कम मूल्य पर्ने छ। साथै उक्त गाडीमा दुई वर्ष वा ७२ हजार किलोमिटरसम्मको वारेन्टीसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया