ट्याक्सी चढेको कम्प्युटर बिल पाइने

काठमाडौँ, पुस १८ । सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर हिजोदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली ९प्रिन्टर० जडान गर्ने कामको सुरुआत गरेको छ ।

उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रुपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाई जाँच पास गराउन सूचित गरेको छ । विभागले यसअघि नै मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो एकाइ बालाजुबाट जाँच पास गराउन यही पुस ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आजदेखि ट्याक्सी मिटर नवीकरण/नामसारी गर्दासमेत अनिवार्य प्रिन्टरजडित मिटर मात्र नवीकरण/नामसारी गरिने महानिर्देशक विश्वबाबु पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

ट्याक्सी सञ्चालकले हालको मिटरमा प्रिन्टर जडान गर्दा रु पाँच हजारदेखि आठ हजारसम्म खर्च लाग्ने अनुमान छ । विभागको आग्रहमा नेपाली बजारमा मागअनुसार कम्प्युटर बिलिङ प्रिन्टर उपलब्ध रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गरे/नगरेका बारेमा संयन्त्र बनाई कडा अनुगमन गर्नेर्छौं, नियम नमान्नेलाई कानुनबमोजिम कारबाही हुन्छ ।”

विभागले ट्याक्सीमा मिटर जडान गरी जाँच गराउन तालिकासमेत बनाएको छ । सोअनुसार प्रत्येक हप्ता पाँच सय ट्याक्सीमा प्रिन्टर जडान गरेका बारेमा जाँच गरिने महानिर्देशक पुडासैनीले बताउनुभयो । विभागले २०७४ साल साउन ७ गतेसम्म काठमाडौँ उपत्यकाका सबै ट्याक्सीमा मिटर जडान गरेका बारेमा जाँच गरिसकिने जनाएको छ ।

राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महँगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि मन्त्रालयले ट्याक्सी व्यवसायलाई व्यवस्थित गर्न सो नियम बनाई लागू गरेको हो । सर्वसाधारणले मिटरअनुसार ट्याक्सी चढ्न पाउनुप¥यो र ट्याक्सी सञ्चालकले पनि ट्याक्सी चलाएअनुसार पारिश्रमिक लिनुप¥यो भनेर यो नियम लागू गरिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताउनुभयो । मन्त्री जोशीले भन्नुभयो, “मुख्य कुरा उपभोक्ता जागरुक हुनुप¥यो, बोलकबोल गरेर भन्दा नियमले तोकेको मिटर अनुसारको भाडामा सर्वसाधारणले सहज रुपमा ट्याक्सी चढ्न पाऊन् भन्ने हाम्रो उद्देश्य हो ।”

ट्याक्सी सञ्चालकले सरकारको नियम सहजै कार्यान्वयन गर्लान् त भन्ने जिज्ञासामा उहाँले यसमा सरकारका साथै उपभोक्ताको पनि उत्तिकै जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो । ट्याक्सीमा यो प्रणाली लागू भएपछि यसले एकातिर उपभोक्ताले आफू चढेको भाडाअनुसारको बिल पाई पारदर्शी कारोबार हुनेछ भने अर्कातिर कसैको सामान ट्याक्सीमा छुट्यो भने बिलका आधारमा खोज्न सहज हुने छ ।

कम्प्युटर बिलिङ प्रणाली(प्रिन्टर)बाट आउने बिलमा उपभोक्ता चढ्दा र ओर्लँदाको मिटर नम्बर, तिर्नुपर्ने रकम, ट्याक्सीको नम्बरलगायत वितरण हुनेछ । यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्ति नियन्त्रण हुने विश्वास लिइएको छ । रासस

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया