तालु खुइलिन थाल्यो ? यी हुन् रोक्ने उपाय

पुरुषमा एण्ड्रोजेन हर्मोनले कपालको बृद्धिलाई रोकथाम गर्छ । यो हर्मोनको मात्रा यदि सहि भएन भने पुरुषको कपाल झर्दै जान्छ । यस्तो अवस्थालाई “मेल प्याटर्न बाल्टनेस ” भनिन्छ । यस्तो अवस्थाबाट बच्न आफ्नो खानपानमा सेलेनियम जस्तो न्युट्रियन्स भएको खाद्य वस्तुहरु सामेल हुनुपर्छ ।

विज्ञहरुका अनुसार हामीले आफ्नो दैनिक खानपानमा यी तल उल्लेखित खाद्यवस्तुहरुको मात्रा पुर्याउन सक्यौं भने कपाल झर्ने तथा तक्लु हुने समस्याबाट बच्न सकिन्छ ।

१. काँक्रो
काँक्रोमा सिलिकन र सल्फर हुन्छ, जसले कपाललाई बाक्लो र लामो बनाउँछ ।

२. मह
महमा हुने एमिनो एसिड र इनजाईम्सले कपाललाइ सफा र चम्कीलो बनाउँछ ।

३. राज्मा
राज्मामा जिंक्स र बायोटीन हुन्छ जसले पनि कपाललाइ बाक्लो बनाउँछ ।

४. अन्डा
अन्डामा प्रोटीन र आइरनको मात्रा धेरै हुन्छ । जसले पनि रक्तसञ्चार अझै राम्रो बनाउँछ र कपाललाई चम्कीलो बनाउँछ ।

५. माछा
माछामा हुने प्रोटिन र ओमेगा पÞm्याटि एसिडले कपालको बृद्धिमा निक्कै मदत गर्छ ।

६. नट्स
नट्समा सेलेनियम र अल्फा लिनोलेनिक एसिड हुन्छ जसले कपाल झर्न कम गर्छ ।

७. हरियो सागसब्जी
हरियो साग सब्जीमा भिटामिन आइरन र क्यल्सियमको मात्रा अधिक हुन्छ जसले कपाललाई मजब बनाउँछ ।

८.केरा
केरामा नियासिन र फोलिक एसिडको मात्रा हुन्छ जसले कपालको प्राकृतिक बृद्धिमा सघाउँछ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया