निरन्तर ओरालो लागि रहेको सुनको मूल्य किन बढ्यो एक्कासि ?

काठमाडौं, पुस १५ । निरन्तर ओरालो लागिरहेको सुनको मूल्य केहीदिन देखि उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार यो समाचार तयार पारुन्जेल सम्म सुनको मूल्य फेब्रुअरी २०१७ को करार मूल्य ११६४.३ डलरप्रति ट्रोयआउन्स पुगेको छ । जुन मूल्य २ हप्ताकै उच्चबिन्दु हो ।

आशा गरिएको भन्दा कम्जोर आर्थिक तथ्याङ्क प्रकाशनमा आएका कारण बलियो हुँदै गैरहेको अमेरिकी डलर कमजोर हुनु र बोण्डको कमाइमा गिरावट आउनु सुनको मूल्यमा वृद्धिको प्रमुख कारण हुन् ।

६ बटा मुद्राहरुको अनुपातबाट बनाएको अमेरिकी डलर इन्डेक्स ०.४ प्रतिशतले घटेको छ । जापानी येन अरु मुद्राहरुको तुलनामा बलियो भएको छ भने १० वर्षिय ट्रेजरी प्रतिफल दुई हप्ताकै न्यूनबिन्दुमा झरेको छ ।

यद्यपी, २०१७ मा फेडेरल रिर्जभले ब्याज दरमा वृद्धि गर्न सक्ने अपेक्षाका कारण सुनको मूल्य वृद्धिमा केही अवरोध आएको देखिन्छ ।

आशिक कोइराला
media@mexnepal.com

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया