बौद्धिक अपांगता अभिभावक महासंघले अघि सार्यो ५ बुँदे माग

काठमाडौं, पुस १५ । वौद्धिक अपाँगताका अभिभावक महासंघ, नेपालले सरकार समक्ष पाँच बुँदे माग अघि सारेको छ ।

महासंघले शुक्रबार रिपोर्टर्स क्लब नेपालमो पत्रकार सम्मेलन गरेर बौद्धिक अपाँगता भएका मानिसलाई समाजमा बाँच्न कठिन भएको भन्दै बाँच्न पाउँने सरल वातारण निमार्ण गर्नुपर्ने, शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्नुपर्ने लगायतका मागहरु अघि सारेको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष मुकुन्दहरी दाहालले समाज जसले नकारात्मक काम गर्छ त्यसको समाचार बनाएर लेख्ने पत्रकारिताले देश र समाजलाई सकारात्मक बाटोमा नडोर्याउने भन्दै बौद्धिक अपांगता भएका मानिसका मानविय अधिकारका बारेमा लेख्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

उनले भने,‘पत्रकारको काम भनेको नराम्रा कुराहरूको बारेमा लेख्ने मात्र होईन, राम्रा र समाजका कुराहरू खोजि खोजि लेख्न सक्नु पर्छ, यो समस्याबाट पीडित १४,८८८ जना मानिसहरूको बारेमा लेख्दा के हुन्छ ?’

उनले अघि भने,‘हामी अभिभावकलाई बौद्धिक अपांगताबाट पिडित भएका बालबालिकाको भविष्यबारे सोच्न पनि कठिन छ, यस्तो अवस्थामा अस्पतालमा उपचार गर्न जाँदापनि मानसिक अस्पताल जा भन्छन, तर यो आँफैमा मानसिक रोग होईन, विद्यालयमा समेत भर्ना गर्न मान्दैनन्, त्यसैले हामीले उठाएका मागहरुलाई सम्बोधन गर्नुपर्छ ।’

कार्यक्रममा रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले महासंघले उठाएका मागरु जायज रहेको बताउँदै त्यसमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने विश्वास व्यक्त गरे । धमलाले आगामी दिनमा आफ्नो स्थान्बाट यी मुद्दाहरुलाई राष्ट्रिय बहसको विषय बनाउन सञ्चारमाध्यममा निरन्तर बहस गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,‘राज्यले अहिले भाषण गर्ने काम मात्रै गरेको छ, व्यवहारमा पीडित तथा असहाय नागरिकका बारेमा काम केही गरेको छैन, यो दुःख लाग्दो कुरा हो, म प्रधानमन्त्री, मन्त्री देखि विभिन्न राजनीतिक दलका नेताहरुलाई एउटै थलोमा राखेर विशेष र बृहत्त अन्तरक्रिया गराउनेछु ।’

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया