टाटा टियागोलाई विभिन्न अन्तराष्ट्रिय पुरस्कार

काठमाडौं, पुस १४ । टाटा टियागो विभिन्न अन्तराष्ट्रिय अवार्डहरुद्वारा सम्मानित भएको छ ।

उक्त कारले सिएनबिसि–टिभी १८ ओभरड्राइभ अवार्ड २०१७ मा कम्प्याक्ट कार अफ द इयर, अटो पोर्टल बेस्ट कार अवार्ड २०१७ मा बेस्ट ह्याचब्याक अफ द इयर र एनडिटिभी कार एण्ड बाइक अवार्ड २०१७ मा “इन्ट्री ह्याचब्याक अफ द इयर” अवार्डहरु हात पार्न सफल भएको छ ।

अवार्ड वितरण कार्यक्रमहरुमा नयाँ जमानाको स्पोर्टी ह्याचब्याक, टाटा टियागोको पर्फमेन्स र ड्राभिङ्ग डाइनामिक्स सम्बन्धी सम्पूर्ण पक्षहरुको छलफल भएको थियो ।

कम्पनीका अनुसार अत्याधुनिक डिजाइन सहित डाइनेमिक ड्राइभिङ्ग सुविधायुक्त टाटा टियागोले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्दछ । आकर्षक बढी वीथ सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषताहरुसहित विश्वासिलो, चुस्त एवं साहसिक टाटा टियागोले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्दछ ।

साथै, २१ औं शताब्दीको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङ्गको अनुभव प्रदान गर्ने कम्पनीले जनाएकोे छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया