१३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी वैशाखमा

काठमाडौं, पुस १३ । नेपाल घरेलु तथा साना उद्योग महासंघले अगामी बैशाख ७ गते १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रद्धर्शनीको आयोजना गर्ने भएको छ । परम्परागत रूपमा सञ्चालित नेपालका लघु घरेलु तथा साना उद्योगहरू प्रविधि प्रयोग र अन्य क्षमताका हिसाबले प्रतिस्पर्धी बन्न नसकेको अवस्थामा महासंघले उक्त प्रद्धर्शनीको आयोजना गर्न लागेको हो ।

भृकुटीमण्डपमा ५ दिन सम्म चल्ने उक्त प्रद्धशर्नीमा नयाँ पुस्ताले प्राप्त गरेको ज्ञान उपयोगमा ल्याउने उदेश्य रहेको छ । साथै मेलामा प्रद्धर्शन गर्न लायकका सबै खोज, अनुसन्धान तथा आविष्कारहरूलाई प्रद्धर्शित गराउनु रहेको छ ।
यस पटकको प्रद्धशर्नीमा नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँग सहकार्य गरिने भएको छ ।

यस प्रदर्शनीमा ७५ जिल्लाबाटै उद्यमीहरू एवं उपयुक्त प्रविधि प्रयोगकर्ता उद्यमीहरू, प्रविधि अन्वेषणकर्ताहरूको सहभागिता रहने प्रदर्शनीमा ३ सय वटा स्टल रहनेछन् भने १ लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया