ब्रेग्जिटले निम्त्याउँदै गरेको त्रासदी

मार्क लियोनार्ड

लण्डन, पुस १३ । सरकारले कसरी सोच्छन् भन्ने कुरा बाहेक सबै विषय परिवर्तन भए गएको वर्ष । ब्रेग्जिटका लागि पूर्व–छलफल भन्दा बढि स्पष्ट देखिने चीज कही कतै छैन । बेलायत र युरोपेली युनियन दुवै पक्षले अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको विजयले अर्थात् उदार विश्व व्यवस्थाको ह्रासका कारण देखा पर्ने दूरगामी असरहरुको वेवास्ता गर्दा यस्तो लाग्छ यिनीहरुले त्रासदी सामना गर्नेछन् ।

बेलायती प्रधानमन्त्री थेरेसा मेका कुनीतिज्ञहरुको व्यवहार हेर्दा जो कोही पनि ब्रेग्जिट नै अहिलेको वास्तविक अनिश्चितता हो भन्ने विश्वास गर्नसक्छ । वास्तवमा, उनीहरु विश्वस्त देखिन्छन् कि कन्जरभेटिव पार्टीको एकता जगेर्ना गर्नुभन्दा पर गएर बेलायतलाई धेरै फाइदा कसरी हुन्छ भन्ने विषय नै अपरिहार्य छ ।

सरकारका बे्रग्जिट वार्ताकारहरुले विश्व बृद्धिको सहज अनुमान लगाउन सक्छौँ भन्ने सोच्नाले उनीहरु बेलायतले ठूलै स्थान पाउनु पर्छ भन्ने कुरामा जोड दिइरहेका छन् । उदार अन्तराष्ट्रिय आर्थिक व्यवस्था जारी रहने छ भन्दै उनीहरु ईयुको बन्देजबाट मुक्त भएपछि बेलायतले जागरुक साझेदारसँग व्यापार सम्झौता गर्ने छ । अन्त्यमा, बे्रग्जिटरहरु आपूm एक्लै अगाडि बढ्दा हुने सुरक्षा समस्याबारे कत्ति पनि चिन्तित देखिदैनन् किनकि उनीहरु अमेरिकाले विश्वव्यापी प्रहरीको भूमिका खेलिरहनेछ भन्ठान्छन, र नाटोको अवरिल संरक्षण त छँदैछ ।

यस्तो विश्वास गर्नेमा बेलायती मात्र एक्ला छैनन् । ब्रसेल्सका इयु निकायहरु र विशेषगरी भन्नु पर्दा युरोपेली आयोगका अध्यक्ष जीन क्लाउड जन्कर युनियनका लागि सबैभन्दा ठूलो खतरा ब्रेग्जिट असरबाट सिर्जित युरोपली अविश्वासको परिणामलाई नै लिन्छन् ।

यस परिप्रेक्षमा, इयुका ब्रेग्जिट वार्ताकारहरुको उद्देश्य स्पष्ट हुनेछ, युरोपियन समुहको सदस्य भएको नाताले महत्वपूर्ण फाइदा लिइन्छ र त्यो बिछोडको मूल्य ठूलो हुन्छ । त्यही तर्कले इयु परिषद्का अध्यक्ष डोनाल्ड टस्कलाई बेलायतसँग दुइटा बाटा छन् भन्न घच्घच्यायो, कठिन बे्रग्जिट वा ब्रेग्जिट विहिनता । सदस्य राष्ट्रले पूर्व—छलफलमा भाग लिन अस्वीकार गर्नु वा संक्रमणकालीन व्यवस्थापन स्वीकार गर्नुका पछाडि पनि यहि तर्कले काम गरेको छ ।

यद्यपि यो तर्क विगतको दुनियाका लागि हो र त्यो समयमा पनि यसले उतिसारो काम भनें गरेन । ग्रिस संकटको समयमा इयुको रणनीति भनेको समझदारीको समयावधि तोक्नु र ग्रिसलाई यसको अवलम्बन गर वा समझदारी नै नगर भनी निर्णय गर्नु थियो । यदि ग्रिसले वार्ताको प्रयास गरेको भए, इयुले दबाब झेल्न सकुन्जेलसम्म क्रमैसँग अनाकर्षक शर्त राख्थ्यो ।

सन् २०१५ का वार्तामा इयुको एकोहोरो ढिपीका कारण ग्रिक प्रधानमन्त्री एलेक्सिस सिपरास र उनका त्यो बेलाका अर्थमन्त्री यानिस फारौफाकिस बडो मर्माहत भएका थिए जसमा ग्रिस आफँैंले धेरै गुमाउनु पर्ने थियो । यद्यपि प्रधानमन्त्री सिपरासले सहमति गरे अनि त ग्रिक सङ्कट अझै समाधान भएको छैन ।

यस्तो अनुभवको बावजुद तथा अझ अस्थिर विश्व परिवेशको यथार्थता हुँदाहुँदै अहिले पनि इयु उही पुरानै वार्ताको रणनीति अबलम्बन गर्न लागेको जस्तो देखिन्छ । इयुका मुख्य बे्रग्जिट वार्ताकार माइकल बार्नियरले बेलायती सरकार समक्ष सन् २०३० सम्ममा पेन्सन र अन्य प्रतिवद्धता पूरा गर्न पचास अर्ब युरोको बिल पेस गरेका छन् । बेलायती राजनीतिज्ञहरु इयु अधिकारीहरुले ठ्याक्कै यही अर्थ लगाउछन् भनेर पत्याउँदैनन्, तर इयु अधिकारीहरुले यसै गर्छन् ।

बेलायत र इयु यतिखेर भयाबह खेलमा फसेका छन्, यो खेल समय नघर्किउन्जेलसम्म जारी रहन सक्छ । यसको परिणाम खराब ब्रेग्जिटभन्दा पनि नराम्रो हुनेछ । यो तर्क्वितर्क नगरिएको ब्रेग्जिट हुनेछ जहाँ बेलायतले आफ्नो चरम विफलतासम्म इयु छोड्दैन । दुवैतिर उत्पात आर्थिक क्षतिभन्दा पनि पर यति धेरै वैमनस्यता पैदा गर्ने छ कि यसले दुवै पक्षलाई प्रतिआतंकवाद, व्यापार तथा बन्देज, अन्तर्रा्ष्ट्रिय कूटनीति र जलवायु परिवर्तनलगायतका थुप्रै अरु क्षेत्रमा काम गर्न असम्भव हुनेछ ।

बे्रग्जिटपछिको बेलायतको आत्मपराजित स्वार्थ र इयुको युरोपेली व्यवस्थाको रक्षा गर्ने प्रयासबीच कुनै नैतिक समानता छैन । इयुको यो प्रयास दोश्रो विश्व युद्ध र शीत युद्धको विनाशपश्चात् बडो मिहिनेतका साथ स्थापित भएको हो ।

बर्लेमोन्ट र वेस्टमिनिस्टरको हिउँको भूगोलभन्दा बाहिरको वास्तविकता के हो भनें इतिहासबाट युरोपका सजह दिनहरुको अचानक अत्य भएको छ । ट्रम्पको संरक्षणवाद ग्रसित व्यापार नीतिले विश्व आर्थिक बृद्धिमा नकारात्मक असर पर्ने सम्भावना छ, र उसको अन्तर्रा्ष्ट्रिय संस्थाहरुप्रतिको आक्रमणले शान्ति र सहकार्यको अबमूल्यन गर्नेछन् जसले सुरक्षासम्बन्धी खतरनाक परिणाम निम्त्याउने छ ।

बेलायती सरकाले पत्याइहाल्ने कुराको विपरित नाटो होइन इयु चाहिं आफ्नो सुरक्षाप्रति सबैभन्दा महत्वपूर्ण छ । तत्काल नाटो गम्भीर चुनौतीहरु सामना गरिरहेको छ । नाटोमा अमेरिकी उत्तरदायित्वको बढावामा ट्रम्पको खस्कदो चासोको अलावा बाल्टिक्स देखि टर्कीसक्मका नाटो सदस्य राष्ट्रहरु दबाबमा छन् ।

बाल्कानको शान्ति देखि इरानको आणविक सम्झौता तथा रसियाद्वारा क्रिमिया विलय सम्मका जुनसुकै विषयमा पनि गएको केही दशकमा नाटो होइन कि इयुले सबैभन्दा ठूला परराष्ट्र नीतिको सफलता मिलाएको छ । ट्रम्पको विजयले इयुलाई रक्षा सहकार्यका लागि स्थायी संयन्त्रमा सहमत गर्न उक्साए पनि युरोपेली सुरक्षामा आउँदो अमेरिकी प्रशासनको असर सकारात्मक हुदैन ।

यतिबेला ब्रेग्जिट वार्ताकारले सत्यता स्वीकार्नु पर्छ र सोही अनुरुप खेल योजना परिवर्तन गर्नुपर्दछ । जुन व्यवस्था जसबाट बेलायतीहरु फाइदा मिल्ने आश गर्छन् त्यसकै आधारहरु भत्काउने गरी उनीहरु वार्ता तरीका जारी राख्न सक्दैनन् । र इयुले आफ्नो रुखो अडानबाट फर्किनै पर्छ तथापी यो तर्कसंगत हुनेछ ।

जोन मेनार्ड किनेसले एक पटक भनेका थिए व्यवहारिक मानिस तिनीहरु हुन् जो आफूलाई बौद्धिक प्रभावबाट टाढा छौं भन्छन् र वास्तवमा प्राय केही वाहियात अर्थशास्त्रीको दास हुन्छन् । अहिले, बेलायत र इयु कामनलाग्ने विचारका दास भएका छन् । यदि उनीहरुले आफ्नो बौद्धिक जंजाल नतोड्ने हो भनें उनीहरुले दुःख बाहेक अरु केही आर्जन गर्ने छैनन् । (मार्क लियोनार्ड युरोपेली परिषद्मा परराष्ट्र सम्बन्धका निर्देशक हुन् ।)

रासस (अनुवादः नारायणप्रसाद घिमिरे ।) प्रोजेक्ट सिन्डिकेट

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया