खेलाडी अमर लामाको बुबाको उपचारको लागि आर्थिक सहयोग प्रदान

financial support-aarthiknews

काठमाडौं, पुस ११ आर्थिक अवस्था कमजोर भएका तेक्वान्दो खेलाडी अमर लामाका बुबा माईला तामाङलाई नेप्लिज तक्वान्दो एकेडेमीको पहलमा नगद ८० हजार रुपैयाँ प्रदान गरिएको छ ।

जिब्रोको क्यान्सरबाट पिडित तामाङ १ महिना देखि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था नाजुक रहेको र पारिवारिक आर्थिक अवस्था कमजोर रहेकोले उपचार गराउन कठिनाई भई रहेको थियो । हेटौँडा १२ रमनटार घर भई हाल कपन बस्दै आएका लामाको उपचारमा आर्थिक अभावका कारण समस्या आईरहेको थियो ।

अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी तथा नेप्लिज तेकन्दो एकेडेमीका अध्यक्ष अशोक खड्काको सक्रियता तथा नेतृत्वमा उक्त रकम संकलन गरिएको थियो । इभरग्रीन ग्रुप तथा साई समिति बेइजिङस्टोक, बेलायतबाट सुधा गुरुङको सहयोगमा साथै धिरज गुरुङ, बाल गिताञ्जली स्कुल र नेपाल तेकन्दो एकेडेमीका खेलाडी तथा प्रशिक्षकहरुबाट संकलित रकम प्रदान गरिएको हो ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया