खेलाडीका लागि स्वास्थ्य बीमा र भत्ताको व्यवस्था

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका छन् ।

धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि एण्ड सि अस्पताल पुगेका मन्त्री श्रीपाइलीले घाइते खेलाडीको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताए ।

“दिलोज्यान लगाएर खेल्नस, हामी तपाईहरुको साथमा छौँ,” घाइते खेलाडी विष्टलाई ढाड्स दिँदै खेलकुदमन्त्रीले भने– “जसरी भए पनि आफ्नो प्रतिभा देखाउनुस्, हामी छँदैछौँ नी ।” साथै उनले खेलाडीका लागि स्वास्थ्य बीमा र भत्ताको व्यवस्था गरिएको बताए ।

विभिन्न खेलका प्रशिक्षक सुगममा मात्र बसेका तिनले दुर्गम जिल्लामा खेलाडी उत्पादनमा ध्यान नदिएका मन्त्री श्रीपाइलीको भनाइ थियो । रासस

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया