आणविक सम्झौता कार्यान्वयन विषयमा जनवरी १० मा बैठक बस्ने

iran-aarthiknews

ब्रसेल्स, पुस १० । इरानसँग गत वर्ष गरिएको आणविक सम्झौताका हस्ताक्षरकर्ता शक्ति राष्ट्रले सम्झौताका विषयलाई अमेरिकाले कार्यान्वयन नगरेको इरानी भनाइबारे छलफल गर्न सन् २०१७ को जनवरी १० गते भियनामा भेट गर्ने निर्णय गरेका छन् ।

सम्झौतामा इरान, अमेरिका, बेलायत, चीन, फ्रान्स, जर्मनी र रसियाले हस्ताक्षर गरेका थिए । इरानले आणविक सम्झौता पनि अमेरिकी पक्षबाट सम्झौताको पालना नगरेको बरु उल्टै इरानमाथिको नाकाबन्दीलाई नवीकरण गरेको भन्ने लगातारको भनाइबारे छलफल गर्ने गरी युरोपियन विदेश नीति प्रमुख फेडेरिका मोथेरिनीको समन्वयमा बैठक बोलाइएको हो ।

बैठकले आणविक सम्झौता कार्यान्वयनमा देखिएको समस्या र इरानद्वारा मोधेरिनीलाई डिसेम्बर १६ मा एक पत्र लेखी जानकारी गराएका बुँदामा छलफल हुने बताइएको छ । बैठक अमेरिकी राष्ट्रपतिमा निर्वा्चित रिपब्लिकन नेता डोनाल्ड ट्रम्पद्वारा अमेरिकी राष्ट्रपतिका रुपमा जिम्मेवारी लिनुभन्दा १० दिन पहिले बालाइएको छ ।

यही डिसेम्बर २ मा वासिङ्टनद्वारा इरानमाथिको प्रतिबन्धलाई नवीकरण गरेपछि इरानी विदेशमन्त्री जरिफले एक पत्र पठाई हस्ताक्षरकर्ता राष्ट्रलाई सो विषयमा औपचारिक रुपमा जानकारी गराएको हो । रासस/एएफपी

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया