घट्दो बजारमा सुरक्षित मानिने टेलिकमको मूल्यमा बनेको एसेन्डिङ्ग ट्रेङ्गल कुन दिशामा ब्रेक आउट होला ?

सन्दिल श्रेष्ठ

नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटीसी), तत्कालीन कम्पनी ऐन २०५३ को अधिनमा रही २०६० साल माघ महीना (फेरवरी मीहना २००४) मा स्थापना भई नेपालका दूरसंचार सेवा प्रदायक कम्पनी हो । नेपाल टेलिकम सरकारको शत प्रतिशत स्वामित्व भएको नेपाल दूरसंचार संस्थानको निरन्तर रुपमा संचालित संस्थाको रुपमा रहेको छ । यसमा तत्कालिन संस्थानमा रहेको सम्पत्ति तथा दायित्वहरु, इक्विटी सरकारको स्वामित्वमा रहने गरी हस्तान्तरण भई आएको छ । कम्पनीका प्रमुख प्रमोटरहरुमा नेपाल सरकार तथा नागरिक लगानीकोष रहेको छ भने नेपाल सरकारको अधिनमा रहेको केही शेयरको हिस्सा कम्पनीका कर्मचारीहरु तथा सर्वसाधारणमा शेयरको रुपमा वितरण थियो । हाल यस कम्पनीको नेपाल सरकारको ९१ दशमलव ४९ प्रतिशत, नागरिक लगानीकोषको शुन्य दशमलव ३ प्रतिशत तथा सर्वसाधारणको ८ दशमलव ४८ प्रतिशत शेयर लगानी रहेको छ ।

कम्पनीको मुख्य कार्यालय भद्रकाली प्लाजा, काठमाडौंमा रहेको र कम्पनीले देशैभरी आफ्ना शाखाहरु विस्तार गरेको छ । कम्पनी आफ्नो पहुँच देशभर पुर्याउन भरमजदुर प्रयासरत छ । देशका शहरी तथा विकट क्षेत्रमा रहेका आफ्ना अमूल्य ग्राहकहरुमा गुणस्तरीय सेवा प्रदान गरी सामाजिक र आर्थिक विकासमा कम्पनीले उल्लेख्य टेवा पुर्याएको छ । कम्पनीले आफ्ना सेवाहरु (भ्वाइस एन भ्यालू एडेड सर्भिस) मा अत्याधिक प्रविधिहरु प्रयोग गरी सेवा प्रदान गर्दै आएको छ । साधारण टेलिफोन, जि.एस.एम. प्रविधिको मोबाईल सेवा, सि.डि.एम.ए प्रविधिमा आधारित मोबाईल तथा स्थानिय टेलिफोन सेवा, ए.डि.एस.एल. सेवा आदि जस्ता अत्याधुनिक प्रविधिका सेवाहरुको विस्तार भएको हालको प्रतिस्पर्धी तथा व्यावसायिक नेपाल दूरसञ्चार कम्पनीको विकासक्रम, वि.सं. १८७२ साल देखि टेलिग्राम सेवाको रुपमा शुरु भएको हो । वि.सं. १९७२ साल पछि काठमाडौंबाट थानकोट, चिसोपानी, भीमफेदी, भैंसे, हेटौँडा हुँदै वीरगञ्जसम्म सञ्चार सेवा पुगी वि. सं. १९९२ साल देखि मात्र सर्वसाधारण पुगेको हो ।

नेपाल टेलिकमको ईतिहास हेर्दा ६ जिल्लाका सदरमुकाममा सञ्चालन भएको आकाशवाणी सेवालाई टेलिफोन शाखामा गाभी २०१६ सालमा नेपाल टेलिकम्यूनिकेसन विभागको स्थापना भएको थियो । वि. सं. २०१९ सालमा काठमाडौंको सुन्धारामा एक हजार लाइन क्षमताको टेलिफोन एक्कचेन्जको स्थापना पछि टेलिकम्यूनिकेसन विभागलाई वि. सं. २०२६ सालमा दूरसञ्चार बोर्डमा परिवर्तन गरियो । बोर्डमा परिर्वतन भएको ६ वर्ष पछि वि. सं. २०३२ साल आषाढ १ गते नेपाल दूरसञ्चार संस्थानमा परिणत भएको थियो । यसरी नेपाल टेलिकम विगतका विभाग, समिति, संस्थान हुँदै सरकारको उदारीकरण तथा दूरसञ्चार क्षेत्रमा नीजि क्षेत्रलाइए सहभागी गराउने नीति बमोजिम २०६० साल माघ २२ गते तत्कालिन कम्पनी ऐन २०५३ अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रुपमा स्थापना भएको हो । तत्कालिन नेपाल दूरसञ्चार संस्थान विघटन भई २०६१ साल बैशाख १ गतेबाट विधिवत रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तथा व्यवसायिक क्षेत्रमा “नेपाल टेलिकम” को नामले चिनिन्छ ।

Management Team & Board of Director

Stock Information

पहिलो त्रैमासमा नेपाल टेलिकमको वित्तीय अवस्था

नेपाल दुरसञ्चार कम्पनीको पाँच वर्षको विवरणहरु

नेपाल दूरसंचार कम्पनीको लाभांश

विगत पाँच वर्षको अवधिमा कम्पनीको ग्राहकआधार तथा टेलिघनत्वको अवस्था देहाय बमोजिम रहेको छ

                                          प्राविधिक विश्लेषण
नेपालको पूंजी बजार जब ओरालो लाग्छ वा सुधारको मोड लाग्छ, त्यो समयमा नेपाल टेलिकमको शेयरलाई एकदम सुरक्षित मानिन्छ । कम्पनीले औसत रुपमा ३५ प्रतिशतको नगद लाभांस निरन्तर दिइ रहेकोले पनि सुरक्षित मानिएको हो । नेपाल स्टक एक्चेंजमा सूचीकृत भएको कम्पनीहरु मध्ये नेपाल टेलिकमको सबैभन्दा बढी १५ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी भएको कम्पनी हो । प्राय लगानीकर्ताहरुसँग थोर बहुत शेयर हुने भएकोले पनि खासै मूल्यमा परिवर्तन आउदैन । यदि १ बर्ष सम्मको मूल्य उतारचढ़ाव हेर्ने हो भने पनि ६ सय ५० देखि ७ सय रुपैयाको बीच कारोबार भएकोले पनि यही कुराको पुष्टि गर्दछ । प्राविधिक विश्लेषणको नजÞरबाट कम्पनीको शेयर मूल्यलाई हेर्ने भने गत वर्षको अगस्त, २०१५ देखि अहिलेसम्म एसेंडिंग ट्राइंगलको आकृतिमा मोभ गर्दै गएको देखिन्छ । अहिले सम्मको उचाई ७ सय १५ मा लगातार दुइ पटक टेस्ट गरेपनि ब्रेक गर्न नसकेकोले पनि यस तह मजबूत अवरोध रहेको देखिन्छ । त्यस्तै मुनिको ट्रेंड लाईनमा पनि बजार मूल्यले लगातार टेकेर मूल्य उक्लिएको छ । १४ दिने रिलेटिभ स्ट्रेन्थ ईण्डेस्क (आरएसआई) करीब एक महीनासम्म करीब ५० को स्केलमै वरपर रहेको छ । समग्रमा नेपाल टेलिकमको बजार मूल्यको आधारमा भनु पर्दा ७ सय १५ को तह वा मुनिको ट्रेंड लाईनलाई ब्रेक डाउन गरे पछि मात्र निश्चित दिशा लिने छ ।

1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया