चेङ्गडु विमानस्थलका १ सय २ उडान रद्द, १० हजार यात्रु अड्किए

चीन, मंसिर २३ । चीनको दक्षिण पश्चिमी सहर चेङ्गडुमा भारी मात्रामा लागेको कुहिरोको कारण बुधबार रातिबाट उडानहरुमा भएका ढिलाई र रद्दका कारण १० हजार भन्दा बढी यात्रुहरु अड्किएका छन् ।

बुधबार राति ११ बजेबाट भारीमात्रामा लागेको कुहिरोको कारण परिदृष्यता (भिजिबिलिटी) क्षमतामा परेको प्र्रभाव बिहीबारसम्म पनि सफा नभएको जनाइएको छ । बुधबारबाट करिब ८ घण्टासम्म धावनमार्ग नै बन्द गरिएको छ ।

चेङ्गडु सुआङ्गलिउ अन्तराष्ट्रिय विमानस्थलका अनुसार बिहीबार विहान ०८ बजेसम्म १०२ वटा उडान रद्द भएका छन् भने, १० हजार भन्दा बढी यात्रु विमानस्थलमा अड्किएका छन् ।

विमानस्थलमा अवतरणको लागि आएका ६० वटा आगमन विमानहरुलाई बलपूर्वक अन्य विमानस्थल र प्रस्थान भएकै विमानस्थलमा फर्काइएको छ । रासस/सिन्ह्वा

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया