वर्तमानलाई सोचेर नक्कली पार्टसहरुको प्रयोग गर्नुभन्दा महँगो भएपनि सक्कली सामानकै प्रयोग उत्तम

दिपक थपलिया, असिस्टेन्ट म्यानेजर, सर्भिस डिपारर्टमेन्ट, लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा. लि

नेपालमा अटोमोटिभ क्षेत्रको हालको अवस्था कस्तो रहेको छ ?

अटोमोटिभ क्षेत्रलाई ग्ल्यामरको क्षेत्रको रुपमा पनि लिइने गरेको छ । अटो क्षेत्र प्यासनको विषय भएको कारणले यस क्षेत्रलाई ग्ल्यामर इन्डस्ट्रीको रुपमा लिइएको हो । नेपालमा यस क्षेत्रको विकासको सुरुवात भएको छ ।

अन्य ब्राण्डहरुको दाँजोमा हुन्डाईको सर्भिसिङ के हिसावले भिन्न छ ?

अटोमोटिभ क्षेत्रमा हामी केही वर्षदेखि सक्रिय रुपमा लागिपरेका छौं । ५ देखि १० वर्षको अन्तरालमा हामीले थुप्रै नयाँ कुराहरु दिएका छौं । तुलनात्मक रुपमा हुन्डाईको प्रगति अन्य कम्पनीहरुको भन्दा फरक रहेको छ । अटोमोटीभ क्षेत्रमा म आफैपनि लागेको झण्डै १५ वर्ष भइसकेको छ । मेरो अनुभवले पनि हुन्डाईको सर्भिसिङ राम्रो छ ।

काठमाडौं उपत्यका बाहिर हुन्डाईको सर्भिसिङको अवस्था कस्तो रहेको छ ?

काठमाडौंमा हाम्रो ४ वटा आधिकारीक सर्भिस सेन्टरहरु छन भने काठमाडौं बाहिरको अवस्था हेर्ने हो भने डिलर नेटर्वक र सर्भिस सेन्टर गरि कुल १२ वटा रहेका छन् ।

हुन्डाईले सर्भिसिङमा कस्तो प्रविधिहरु अवलम्बन गर्दै आएको छ ?

हुन्डाईले ग्राहकहरुको आवश्यकता र चाहना बमोजिम एकदमै नयाँ प्रविधि मार्फत सर्भिसिङ सेवा प्रदान गरिरहेको छ । अहिले हामीले प्रयोग गरिरहेको प्रविधि नयाँ हो ।

अलि अलग विषयमा प्रवेश गरौं, नयाँ टेक्नोलोजी त भनिन्छ तर मेकानिकहरु कसरी उक्त प्राविधिको बारेमा जानकार हुन्छन् ? सर्भिसिङ पछिको परिक्षण कसरी हुन्छ ?

नेपालमा हामीसँग भरपर्दो ट्रेनिङ सेन्टर रहेको छ । सोही ट्रेनिङ सेन्टर मार्फत प्राविधिकहरु अपडेट हुन्छन् । हाम्रो प्रविधिकहरुलाई त्यहाँबाट नै पोख्त बनाउने गरेका छौं । त्यसैले हाम्रो सर्भिसिङ राम्रो हुने गरेको छ ।

सर्भिसिङ पछिको परिक्षणको पनि एउटा प्रकृया हुन्छ । हामीले दैनिक रुपमा २ सय भन्दा बढी गाडीको परिक्षण गरेका हुन्छौं । त्यसमा ग्राहकहरुको समस्या हल हुने गरेको छ । सर्भिसिङ पश्चात एडभाइजरले पुनः परिक्षण गर्ने काम गर्छ । गाडी चलाउनेलाई बढी समस्याको बारेमा थाहा हुने हुनाले उनिहरुको कुराको सम्बोधन भयोक या भएन भनेर पुनः जाँच गराइन्छ । हामीसँग क्वालिटि टेस्टर समेत रहेको छ । त्यसभन्दा माथि पनि समस्या आयो भने केन्द्रिय ग्राहक सेवा मार्फत ग्राहकहरुले सेवा पाउँछन् । गाडी बनाइसकेपश्चात पनि पुनः टेष्ट ड्राइभ हुने भएको कारणले पुन त्यही समस्या आउँदैन ।

सवारी धनीले आफ्नो गाडी कन्डिसनमा राख्न क–कस्तो तरिका अपनाउनुपर्छ ?

हरेक सवारी धनी आफ्नो गाडी प्रति उत्तरादायी हुनु आवश्यक छ । लाखौं मूल्य हालेर खरिद गरेको गाडीको हेरचाह गर्न जरुरी छ । त्यसैले गाडीलाई बिस्तारै चलाएर हो की, बारम्बार जाँच गराएर, सकेसम्म स्टेयरिङ सेयर नगरिकन चलाउनु आवश्यक हुन्छ ।

गाडीको अवस्थाको जाँच ३ किसिमले गर्न सकिन्छ । एउटा आवाजमा आएको परिवर्तन, केही चिजहरुको लिकेज र कुनै खराब गन्ध । यस्तो कुराहरुमा परिवर्तन देखियो भने आफ्नो गाडीको जाँच गराइहाल्नुपर्छ ।

परिपाटी के देखिन्छ भने सवारी धनीले गाडीको ओरिजिनल पार्टस् भन्दापनि कपी पार्टहरुको प्रयोग गरिरहेका छन् । किन यस्तो अवस्था आएको हो ?

कपी पार्टस्हरु सस्तो मूल्यमा पाइने भएको कारणले ग्राहकहरुको आकर्षण त्यस्ता ढल्केको हो तर ओरिजिनल पार्टस्को महत्वको बारेमा कतिपय ग्राहकहरुले बुझेका हुनछन् त्यसैले उनिहरु कपी गरिएका पार्टस्हरुलाई रुचाउँदैनन् ।

नक्कल गरि बनाइएको पार्टस्हरुको पर्फमेन्स राम्रो हुदैन । कतिपय अवस्थामा ती पार्टस्हरुले अन्य कुराहरुमा समेत हानी गरि ठूलो क्षती निम्त्याउँछ । वर्तमान्लाई सोचेर नक्कली पार्टस्हरुको प्रयोग गर्नुभन्दा केही महँगो भएपनि सक्कली सामानकै प्रयोग गर्नु उत्तम हुन्छ ।


1 COMMENT

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया