इन्डोनेसियाले सन् २०१७ मा डेढ करोड विदेशी पर्यटक भित्र्याउने

जकार्ता, मंसिर २१ । इन्डोनेसियाले सन् २०१७ का लागि १ करोड ५० लाख विदेशी पर्यटक भित्र्याउने योजना मंगलबार सार्वजनिक गरेको छ ।

इन्डोनेसियाका पर्यटक मन्त्री एरिएफ याहयाले सञ्चारकर्मीसँग कुराकानीमा गर्दै पर्यटन व्यवसायलाई थप व्यवस्थित गर्दै यहाँको अर्थतन्त्रमा योगदान पु¥याउनका लागि सरकारले देश तथा विदेशमा यसका लागि पहल थालिसकेको र लक्ष्यमा पुग्न कठिन नहुने बताए ।

इन्डोनेसियाको सन् २०१७/२०१९ को लक्ष्यलाई पूरा गर्न सरकारले इन्डोनेसियाली संघसंस्था तथा राष्ट्रिय पर्यटन उद्योगसँग सम्पूर्णं स्रोत र साधनको उपयुक्त प्रयोग गर्दै सहकार्य गर्नेछ, उनले भने ।  उनले इन्डोनेसियाको वर्तमान सरकारको ‘पाँच खम्बे’ नीतिको सहयोगमा सन् २०१९ सम्म वार्षिक दुई करोड पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न बृहद् कार्यक्रमका साथ अघि बढेकोसमेत जानकारी गराए ।

इन्डोनेसियामा पर्यटन क्षेत्रले देशको कुल गाहस्र्थ उत्पादनको ५ प्रतिशत योगदान पु¥याउँदै आएको छ । जसले १ करोड १७ लाख रोजगारीका अवसर सिर्जना गरेको छ । रासस/सिन्ह्वा

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया