चीनलाई जर्मनीको एक्सट्रन बिक्री रोक्न ओबामा नै लागिपरे

वासिङटन, मंसिर १९ । चिनियाँ कम्पनीले जर्मनीको अर्धसुचालक उपकरण निर्माता एक्सट्रन खरिद गर्न गरेको प्रयास रोक्न अमेरिकी राष्ट्रपति बराक ओबामाले एक्सट्रनको अमेरिकी व्यवसाय यस प्रक्रियामा समावेश गर्न शुक्रबार अस्वीकार गरेका छन् ।

अमेरिकामा विदेशी लगानी समितिको अध्यक्षता राष्ट्रपति ओबामाले गरेको छ र त्यसको पुनरावलोकनमा सैनिक उपयोगको सम्भावना भएको संवेदनशील प्रविधि चिनियाँ हातमा पर्नसक्ने सम्भावना भएकाले यस सम्झौताले दिने जोखिम निकै ठूलो भएको देखिएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अमेरिकी विदेशी लगानी समिति तथा राष्ट्रपतिले उक्त कारोवारले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम दिएको र त्यसलाई न्यूनीकरणको माध्यमबाट समाधान गर्न नसकिने मूल्याङ्कन गरेको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया