‘मोटर बीमामा बढी केन्द्रीत हुनु हाम्रो एउटा रणनीतिक चाल हो’

शेखर बराल, प्रमुख कार्यकारी अधिकृत, युनाइटेड इन्स्योरेन्स

बीमा समितिले हामीलाई १० करोडबाट २५ करोडसम्म बढाउ भनेर जबरजस्ती गर्नुपर्यो । तर २५ करोड बनाउन निर्देशन नदिएता पनि हुने रहेछ भन्ने कुरा अहिले संस्थाहरु आफैले पुँजी वृद्धि गर्दै गइरहेकोबाट देखिन्छ नि । त्यसैले मेरो व्यक्तिगत विचारमा चुक्ता पुँजी भनेको नितान्त व्यवसायको कुरा हो ।

नियामकबाट कारवाहीमा परेकासंस्थाहरु सुधारिएपछि रिब्राण्डिङमा जाने गर्छन् । युनाइटेडले त्यस्तो सोच राखेको देखिएन, पुरानो समस्याले ग्राहकहरुको विश्वासमा खलल भएको छैन ?
रिब्राण्डिङको सोच आज मैले देखेको छैन् । तर अझ शसक्त भएर जनतामा लान चाही यसैलाई ब्राण्डिङ गर्ने सोच रहेको छ । हाम्रो संस्थामा अहिले पनि ग्राहकहरुको पूर्ण विश्वास रहेको छ । हाम्रो प्रमोटर शेयर होल्डरहरु ठुला औद्योगिक घरानाको हुनुहुन्छ । हामीले वहाहरुबाट अझै अपेक्षाकृत फाइदा लिनुपर्ने हो त्यति हामीले कम्पनीको रुपमा लिन नसकेको होला । तर अरु कुनै समस्या देख्दिन ।

यो कम्पनीले हालै बार्षिकोत्सव सम्पन्न गरेको छ, तर अझैपनि यो कम्पनी बजारको सानो खेलाडी कै रुपमा रहेको छ । अब कसरी अगाडी बढ्ने योजना छ ?
हामी २३ औं बर्षमा टेक्दैछौ । यो अवस्थामा हामी अलिकता पछाडी परेको चाही हो । तर त्यसको आफ्नै कारणहरु छन् हामीले समय अनुरुप आफुलाई परिवर्तन गर्न नसकेको पनि होला । रणनीति अवलम्बन गर्न नसकेको होला । तर पुराना गल्तिलाई फेरी एक चोटी बसेर कहाँ समस्या पर्यो त्यसबाट सिक्नु पर्ने बेला भएको छ । सोहि अनुरुप त्यसको विवेचना गर्दै योजनाहरु बनाउने कुरा जहिले पनि रहन्छ । अब हाम्रो अहिलेको कुरा गर्दा खेरि हामी एग्रेसिभ रुपमा मार्केटमा जाने मुडमा छैनौं । हामी बीमा समितिको नीति नियममा बसेर जुन बीमा व्यवसाय गर्नुपर्ने हो, त्यसैमा बसेर हामी अडिक छौं । हामीलाई बोर्डले दिएको निर्देशन पनि त्यहि हो । अरु कम्पनीको व्यवस्थापकहरुले गर्ने पनि पनि त्यही हो । त्यसैले हामीहरु बीमा समितिको निर्देशनलाई मानेर अडिक भएर कार्यहरु अगाडी बढाउने छौं । यस बीचमा केहि उतारचढावहरु आएकै हो । केहि गल्तिहरु भएको थियो तिनीहरुलाई हामी सुधार छौं ।

यो समस्या बीमामा मात्र होइन बैंकमा पनि छ । तर हामीले भने यहा त्यस्तो समस्याको सामना गर्नु परेको छैन् । हाम्रो सञ्चालक समितिमा हाम्रो कम्पनीको व्यवस्थापनमा रहेका व्यक्तित्वहरु पनि हुनुहन्छ । संस्थापकहरुको प्रत्यक्ष उपस्थिती कम छ । हाम्रोमा विश्वमै परिचित चौधरी समुहको लगानी रहेको छ । मैलेअघि पनि भने वहाहरुको प्रत्यक्ष संलग्नता हुन नसकेकोले हामीले त्यसबाट लाभ लिन सकेनौं होला । 

बीमा समितिको रोकपछि तपाईहरु मोटर बीमामा बढि केन्द्रीत हुनुभयो । अब त अन्य सेग्मेन्टहरुमा पनि वृद्धि गर्नु पर्ने समय भएन र ?
भएको छ । तर मोटर बीमामा हाम्रो मात्र होइन, धेरैले प्राथमिकता दिएका छन् । त्यसको आफ्नै कारणहरु पनि छन् । किन मोटर बीमामा बढि केन्द्रीत भन्ने कुरा त्यो एउटा रणनीतिक चाल हो । हाम्रो टेक्नालिटी पनि त्यसैमा राम्रो छ । हाम्रो दाबी भुक्तानीको प्रक्रियामा पनि त्यसैमा बढि लाभ छ । त्यसैमा किन नलाग्ने त ? भन्ने एउटा कुरा हो । अर्को कुरा मोटर बीमा आफै नराम्रो हैन । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा ठुलो हो । त्यसलाई राम्रोसँग व्यवस्थापन गरियो भने नाफा राम्रोसँग निकाल्न सक्छौ । यसमा हामीलाई विगतबाट पनि राम्रो अनुभव हासिल भएको छ । त्यसकारण त्यो नै किन नगर्ने भनेर हो ।

shekhar-baral1बीमा व्यवसायमा एउटा आरोप दाबीमा कम्पनीहरुले भनेजस्तो व्यवहार गर्दैनन् भन्ने छ, तपाईले अघि दाबीमा विशेष रणनीति अपनाउने गरेको पनि भन्नु भयो, अहिले यसमा दाबी कम परिरहेको भनिन्छ नि । यही रणनीतिको कारण हो ?
होइन यसमा दाबी कम पर्ने समस्या छैन् । तर दाबीको व्यवस्थापनको कार्य चाँही हामीले राम्रोसँग गरेकै हो । त्यसको लागि हामीले निश्चित रणनीति लिएका छौं । एउटा कुरा राम्रो के भएको छ भने बीमा समितिले प्रथम पक्ष र तेस्रो पक्षको भन्ने यसअघिको वर्गिकरणलाई बीमा समितिले चटक्कै छोडिदिएको छ । पहिला पहिला यो वर्गिकरण हुँदा भुक्तानीमा समस्या आउने गर्दथ्यो । अहिले अलि सहज भएको छ । त्यसले गर्दा प्रिमियम पनि बढेको छ । त्यसको असर त आउदै छ । श्रावणदेखि प्रिमियम त बढ्दै छ, त्यसको क्लेम चाही हामीले एक बर्षमा लिनुपर्ने हुन्छ । त्यसैले त्यसको प्रभाव एक बर्ष अथवा अर्को ६ महिनामा त देखिएला । मोटर इन्स्योरेन्समा पर्याप्त दाबी त बढ्छ नै तर त्यसमा सबैभन्दा ठुलो कुरा त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने हो ।

त्यसोभए अन्यमा भन्दा फेरी पनि प्राथमिकता मोटर बीमामा नै रहने छ ?
यो सेग्मेन्टलाई कम गर्न आवश्यक छैन तर यो सँगैसँगै पोर्टफोलिओ म्यानेज गर्दा अरु पोर्टफोलीयोलाई पनि ध्यान दिनुपर्ने हुन्छ । तर अरुलाई यथास्थितिमा राखेर मोटर बीमालाई मात्र बढाउने भन्ने कुरा हैन । हाम्रो मोटरमा पोर्टफोलियो बढेको हो । त्यो हामीले पनि अनुभव गरेका छौं । तर त्यसमा हामी त्यति चिन्तित हुनुपर्ने अवस्था छैन किनभने हाम्रोमा त्यसको सही व्यवस्थापन भइरहेको छ ।

प्रमुख कार्यकारी अधिकृतको तलबले मात्र व्यवस्थापन शुल्क बढ्छ भन्ने होइन । थुप्रै अन्य कारणहरु हुन्छन् । सञ्चालन खर्चहरु पनि हुन्छ, बीमा पोलिसीको कष्टको कुरा पनि आउँछ । प्रति पोलिसीमा प्रिमियमलाई अलिकता बढाउने र पोलिसी कस्टलाई घटाउने लगायतका कुराले पनि ठुलो फरक देखिएको छ । तर खर्च बढी भएको कुरा यथार्थ नै हो । 

तपाईहरुले हालै मात्र बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनु भएको छ । अरु कम्पनीहरु धमाधम बोनस शेयर वृद्धि गरेर पुँजी बढाइरहेका छन् । तपाईहरु के गर्नुहुन्छ ?
चुक्ता पुँजी कै कुरा गर्दा बीमा समितिले हामीलाई १० करोडबाट २५ करोडसम्म बढाउ भनेर जबरजस्ती गर्नुपर्यो । तर २५ करोड बनाउन निर्देशन नदिएता पनि हुने रहेछ भन्ने कुरा अहिले संस्थाहरु आफैले पुँजी वृद्धि गर्दै गइरहेकोबाट देखिन्छ नि । त्यसैले मेरो व्यक्तिगत विचारमा चुक्ता पुँजी भनेको नितान्त व्यवसायको कुरा हो । हामीलाई व्यवसाय गर्न कति चुक्तापुँजी चाहिन्छ, त्यसमा भर पर्छ । भुकम्प गएको समयमा पनि २५ करोड चुक्तापुँजीले पुग्दो रहेछ भन्ने देखियो नि । चुक्तापुँजी जति वृद्धि हुन्छ पुनर्बीमालाई घटाउदै लिएर जाने र आफ्नो रिटेंन्सन बढाउने एउटा तरिका पनि छ । क्याट्रसटोफी लस भएको अवस्थामा चुक्तापुँजी बलियो भयो भने भुक्तानी दिन , आफ्नो दायित्व पुरा गर्न सफल हुन्छ भन्ने कुरा पनि छ । त्यसैले जति बिजनेस बढ्दै जान्छ त्यसै अनुरुप चुक्तापुँजी पनि बढ्दै जान्छ ।

२५ करोड चुक्तापुँजीले पुग्छ भन्नु भयो तर तपाईहरुको व्यवसायमा रोक लागेर खुलेको केही समयमै भुकम्प गयो । तपाईहरु त भाग्यमानी हुनु भएकोले हो नि होइन र ?
हामी अलिकति फर्चुुनेट भयौ कि भन्ने कुरा होइन । किनभने हाम्रा ग्राहकबाट पनि ठुलो मात्रामा दाबी परेको अवस्था छ । क्याट्रसटोफी फण्डको व्यवस्था गर्न बीमा समितिले भुकम्प जानुभन्दा अगाडीदेखि गर्न लगाएको थियो । त्यसैले यो सबै कम्पनीको ब्यालेन्स सिटमा सजिलैसंँग हेर्न सकिन्छ ।

अहिले दाबी भुक्तानी गर्न कतिपय कम्पनीहरुले हकप्रद तथा थप शेयर निष्काशन पनि गरिरहेको पाइन्छ । भुकम्प कहिले आउने हो भनेर आफ्नो रिटेन्सन रेट बढाएको कारणले समस्या परेको भनिन्छ यस्तो हो ?
रिटेन्सन दर तपाईसँग कति फण्ड रहेको छ, इन्भेष्टमेन्ट पोर्टफोलियो कति छ, बीमा कोष कति रहेको छ, यी आदि कुरामा भर पर्छ । हाम्रो रिटेन्सन दर धेरै भयो यसलाई कसरी कम गर्ने भन्ने कुरा पनि छ । यस बर्षपनि पुनर्बीमामा हामीले अलिकता आफ्नो रिटेन्सन दर बढाएका छौं किनकि २५ करोडौंको कम्पनी बन्दा १० करोड नै क्याट्रसटफी बढाउनु पर्छ भन्ने हाम्रो कुरा भयो । यी सबै कुरा भनेको व्यवस्थापनले कसरी जोखिम मोल्न सक्छ भन्ने हो । मैले पनि जोखिम लिए किनकि हामी व्यवस्थापन गर्न सक्षम छौं भन्ने कुरामा बोर्डले निर्णय गरेको हो ।

shekhar-baral2नाफा वृद्धि गर्न जोखिम लिने क्रम बीमा व्यवसायमा बढेको छ । सायद यसै क्षेत्रका कसैले भन्नुभए जस्तो यो क्षेत्रमा गला रेट्ने प्रतिस्पर्धा भएको कारणले पनि हो कम्पनीहरुले यसरी रिटेन्सन दर बढाइरहेको ?
प्रतिस्पर्धा त हुनैपर्छ किनकि सो बिना व्यवसाय हुदैन । तर अलि नैतिकता राखेर प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । बीमाको सन्दर्भ हेर्दा दुईटा कुरा रहेको छ , त्यो हो ट्यारिफ र नन ट्यारिफ रेट । अग्नि, भुकम्प, मेरिन, मोटर ट्यारिफ अन्तर्गत पर्छन भने इन्जिनियरिङ नन ट्यारिफमा पर्छ । त्यसैले हामी बीमा समितिको निर्देशन बाहेक अरु गर्दैनौं । सेवाभन्दा पनि प्राइसिङ्गमा प्रतिस्पर्धा भयो भने यसले समग्र बीमा क्षेत्रमा समस्या सिर्जना गर्छ । हामीले पुनर्बीमाको कुरा गर्दा भुकम्पले जुन क्षती गर्यो त्यसलाई रिकभर गर्नको निम्ति आगामी १० बर्षसम्ममा भुकम्प आएन र अहिले जस्तो ठुलो क्याट्रसटफीबाट क्षती भएन र पैसा आयो भने मात्र क्षती व्यहोर्न सकिने अवस्था हुन्छ ।
पुनर्बीमा कम्पनीहरुलाई पनि नेपालमा फाइदा नै छ । यो भुकम्पमा जसले क्षती व्यहोरे उनीहरुलाई आम्दानी गर्न पनि यहा फेरी लगानी गर्नुपर्ने अवस्था छ । त्यस्तै आगामी १०/१५ वर्षसम्म अब अर्को भुकम्प जाने सम्भावना कम रहेकोले नयाँ पुनर्बीमा कम्पनीले त झन् लाभ देख्न सक्दछ ।

तपाईहरुको कम्पनीको व्यवस्थापक खर्च समग्र क्षेत्रकोभन्दा बढि रहदै आएको छ । यो प्रश्न अलि व्यक्तिगत लाग्ला, तपाई बढि तलब लिने सिइओमा नै पर्नुहुन्छ के यो कारण पनि हो खर्च वृद्धिको ?
त्यसलाई एक चोटी तुलना पनि गरौं । अहिले ३ बर्ष अगाडिको व्यवस्थापन खर्च पनि घटेको छ । यसवर्ष पनि हामीले यो खर्च ५ प्रतिशतले घटाउन सफल भयौं । परिष्कृत त्रैमाशिक वित्तीय विवरण आउन बाँकी छ, हामीले यो खर्च निकै कटौती गर्दै गएका छौं । तर प्रमुख कार्यकारी अधिकृतको तलबले मात्र व्यवस्थापन शुल्क बढ्छ भन्ने होइन । थुप्रै अन्य कारणहरु हुन्छन् । सञ्चालन खर्चहरु पनि हुन्छ, बीमा पोलिसीको कष्टको कुरा पनि आउँछ । प्रति पोलिसीमा प्रिमियमलाई अलिकता बढाउने र पोलिसी कस्टलाई घटाउने लगायतका कुराले पनि ठुलो फरक देखिएको छ । तर खर्च बढी भएको कुरा यथार्थ नै हो । यदि हामीले ४० प्रतिशत बिजनेस ग्रोथ गत साल गरेका थियौ भने हाम्रो कस्ट चाही ४० प्रतिशतले भएको छैन । समग्र क्षेत्रको व्यवस्थापन खर्च १४ प्रतिशतको हारारहारीमा छ भने हाम्रो २० प्रतिशतमा रहेको अवस्था थियो । तर अब यसमा सुधार हुँदै छ ।

एजेन्ट खर्चमा कम्पनीहरुले वृद्धि गर्ने भएकोले पनि खर्च बढेको भनिन्छ नि ?
निर्जीवन बीमा कम्पनीमा एजेन्टको कुरा हुदैन । किनकि एजेन्ट कमिसन पनि जम्मा ५ प्रतिशत रहेको छ । ग्राहकले सिधै कम्पनीमा आउँदा नै सस्तो पर्ने भएकोले पनि एजेन्टहरुको खासै भुमिका हुदैन् ।

बीमा कम्पनीहरुमा संस्थागत सुशासनको विषयले पनि चर्चा पाउँछ, यो क्षेत्रमा व्यवसायिक घराना हाबी भएको मानिन्छ, तपाईकै पनि यसभन्दा अघिको संस्थामा रहँदा सञ्चालक समितिका केही पदाधिकारीसंग खटपट परेको खबर आएको थियो, वास्तविकता के हो ?
यो समस्या बीमामा मात्र होइन बैंकमा पनि छ । तर हामीले भने यहा त्यस्तो समस्याको सामना गर्नु परेको छैन् । हाम्रो सञ्चालक समितिमा हाम्रो कम्पनीको व्यवस्थापनमा रहेका व्यक्तित्वहरु पनि हुनुहन्छ । संस्थापकहरुको प्रत्यक्ष उपस्थिती कम छ । हाम्रोमा विश्वमै परिचित चौधरी समुहको लगानी रहेको छ । मैलेअघि पनि भने वहाहरुको प्रत्यक्ष संलग्नता हुन नसकेकोले हामीले त्यसबाट लाभ लिन सकेनौं होला ।

अर्को तपाईले उठाउनु भएको पुर्व कम्पनीको कुरा गर्नुपर्दा मैले त्यहा राजिनमा दिएपछि नै यहाको लागि आवेदन दिएको हुँ । त्यस्तै, तपाईले भन्नु भएको त्यहाका कुनै सञ्चालकसँगको खटपटको कुरा, वहा र मबीच खासै नराम्रो केही पनि थिएन । अहिले पनि म उनलाई सम्मान नै गर्छु । वहा पनि मलाई राम्रै गर्नुहुन्छ । त्या संस्थाबाट निस्कने समयमा मात्र केही असमझदारी भएको थियो । तर त्यो अन्त्य भइसकेको छ ।

प्रस्तुती : विजयराज खनाल 

LEAVE A REPLY

फेसबुकबाट तपाईको प्रतिक्रिया